पृष्ठभूमि
पाँचथर जिल्लाको पत्रकारितालाई अभिलेखीकरण गर्दा वि.सं. २००९ सालमा आङसराङ मेहेलबोटेबाट प्रकाशित हस्त लिखित ‘प्रकाश’ पत्रिकासम्म पुग्नुपर्ने हुन्छ । त्यसपछि वि.सं. २०३४ सालमा यासोकबाट प्रकाशित हस्तलिखित ‘सल्लेरी’ पत्रिका देखा पर्दछ । यी दुवै पत्रिका साहित्यिक सङ्कलन हुन् । वि.सं. २०४४ सालमा कुमार ‘यात्रु’ तामाङको प्रकाशन सम्पादनमा ‘बुकी’ पत्रिका प्रकाशन भएको पाइन्छ । यो पनि साहित्यिक सङ्कलन नै हो । सोही वर्षमा प्रकाशित ‘इन्द्रावती’ पत्रिका देखा पर्यो । यसमा भने केही समाचारमूलक सामग्री प्रकाशन भएको पाइन्छ ।यही पत्रिकाले नै अखवारी प्रकाशनको आरम्भ गरेको हो भन्न सकिन्छ ।यसका सात वटा अङ्कमासिक रूपमा प्रकाशन भएका छन् । पाँचथर क्याम्पसको स्थापनासँगै भित्ते पत्रिकाहरू प्रकाशन हुन थाले । वि.सं. २०४५ सालमा “नौलो साहित्यिक बिहान” संस्था स्थापना भएपछि त्यसले हरेक महिना ‘भानु मान्द्रो’ नामको भित्ते पत्रिका प्रकाशन गरेर पाँचथरे पत्रकारितामा योगदान दिएको पाइन्छ ।
वि.सं. २०४६ सालको जनआन्दोलन हुनु अघि नै पाँचथरमा छापाखाना स्थापित भइसकेको थियो । त्यसभन्दा पूर्व छापाखानाको अभावमा पाँचथरबाट हुने छपाइका काम झापा भद्रपुरमा रहेका छापाखानाहरूबाट हुने गर्दथे । कतिपय काम इलामबाट पनि हुने गर्दथे । वि.सं. २०४६ सालको परिवर्तनपछि पाँचथरबाट समाचारमूलक अखवार प्रकाशन हुन थालेको पाइन्छ । वि.सं. २०४८ सालको आम निर्वाचन अगावै चुनावी प्रचार प्रसारलाई लक्ष्य राखेर केही पत्रपत्रिकाहरू प्रकाशमा आएको पाइन्छ । यशनाथ शर्माको सम्पादकत्वमा ‘चिन्तन’ साप्ताहिक, जर्नबहादुर नेम्वाङको सम्पादकत्वमा ‘नागवेली’ साप्ताहिक, मानदेव केरुङको सम्पादकत्वमा ‘नव प्रवाह’ साप्ताहिक जस्ता अखवार पत्रिका प्रकाशनमा आएको पाइन्छ । ‘नागवेली’ पत्रिका प्रकाशनको टिम फुटेर नकु वान्तवाको सम्पादकत्वमा ‘जनचासो’ साप्ताहिक पत्रिका प्रकाशन भएको पाइन्छ । तर चिन्तन, नागवेली र जनचासो पत्रिकाको दर्ता अभिलेख पाँचथर स्थानीय प्रशासनमा पाइँदैन । केपी कन्दङवाले फिदिममा रहेर त्यहीकै छापाखानाबाट ‘चाहाना’ साप्ताहिक पत्रिका प्रकाशन गरेको पाइन्छ । यी पत्रिकाहरू एकडेढ वर्षको अवधी चलेर बन्द भएको पाइन्छ । त्यसपछि वि.सं. २०४९ सालमा चन्द्र पोखरेल र प्रेम ओझाको सम्पादकत्वमा ‘परिवर्तन’ साप्ताहिकको प्रकाशन
आरम्भ भएको पाइन्छ । तर सूचना विभागमा नाम दोहोरिन पुगेपछि सो पत्रिका ‘काबेली’ साप्ताहिकको नाममा रूपान्तरण भएको पाइन्छ । ‘काबेली’ साप्ताहिक पत्रिकाले करिव चार वर्षको यात्रा तय गरेको पाइन्छ । यसले पत्रकारिताको क्षेत्रमा जिल्लामा नियमित विद्युत सेवा नभएकोले हात
र खुट्टाको भरमा चलाएर छपाइको काम हुन्थ्यो । छापाखाना आएपछि पत्रपत्रिकाको प्रकाशन पनि सुरु भएको पाइन्छ ।त्यस्तै वि.सं. २०५२ सालमा नवराज भट्टराईको सम्पादकत्वमा ‘सुनगाभा’ मासिक पत्रिका प्रकाशन भएको पाइन्छ । वि.सं. २०५५ सालमा नरेन्द्र केरुङको सम्पादकत्वमा ‘सेरोफेरो’ साप्ताहिक पत्रिका प्रकाशनमा आएको पाइन्छ । यी पत्रिकाहरूले पनि लामो समयसम्म यात्रा गर्न सकेनन् । वि.सं. २०५६ सालमा देवी क्षेत्री दुलालको सम्पादन र वीरदल राईको प्रकाशनमा ‘अपरेशन’ साप्ताहिक प्रकाशन सुरु भए पनि लामो समय यात्रा गर्न सफल भएको पाइँदैन । वि.सं. २०५७ सालमा घनेन्द्र पौडेल र छवि बाँस्कोटाको सम्पादनमा ‘रवि’ साप्ताहिक र युधिष्टिरराज आमगाईको सम्पादन एवं कुमार ओझाको प्रकाशनमा ‘वर्तमान समय’ साप्ताहिक, मोहन निरौलाको सम्पादन र लेखनाथ खतिवडा ‘शिकारु’ प्रकाशक रहेको ‘श्री विकल्प’ साप्ताहिक पत्रिकाहरू प्रकाशन भएको पाइन्छ ।
यी तीन वटा पत्रिका ३ वर्षसम्म सञ्चालनमा रहेको पाइन्छ । वि.सं. २०६० सालमा लैनबहादुर थापा र विन्देश्वर खनालको सम्पादनमा ‘पाँचथर सन्देश’ साप्ताहिक प्रकाशन भएको पाइन्छ । यो पत्रिका द्वन्द्व कालमा निकै लोकप्रिय बनेको पाइन्छ । नवराज भट्टराईको सम्पादकत्वमा दर्ता भएको ‘चट्याङ्’ साप्ताहिक केही अङ्क निस्किएर बन्द भएको पाइन्छ । यी पत्रिकामध्ये घनेन्द्र पौडेल र छवि बाँस्कोटाको सम्पादनमा ‘रवि’ साप्ताहिक भने अन्य पत्रिकाको तुलनामा लामो समय प्रकाशन भएको पाइन्छ । त्यस पछि प्रेम ओझाको सम्पादकत्व प्रकाशित ‘पाँचथर टाइम्स’ साप्ताहिक पत्रिका करिब छ वर्षसम्म चलेर बन्द भएको पाइन्छ । कविन्द्र तुम्वापो सम्पादक रहेको ‘पापोहाङ’ साप्ताहिक पनि लामो समय सम्म टिकेको पाइँदैन । सुष्मा लावतीको सम्पादनमा र विलाश योङयाको प्रकाशकत्वमा ‘बाटो’ साप्ताहिक पत्रिकाले पनि लामो समयसम्म यात्रा गर्न सकेन । वि.सं. २०६६ सालमा दिलेन्द्र कुरुम्वाङको सम्पादकत्वमा प्रकाशित
‘लिम्बूवान टाइम्स’ साप्ताहिक पत्रिका पनि छोटो समयमा नै बन्द भएको पाइन्छ । वि.सं. २०६८ सालमा ‘फिदिम पोष्ट’ साप्ताहिक मेनुका आङदेम्वेको सम्पादकत्वमा प्रकाशित यो पत्रिका पनि केही अङ्कमा सीमित भएको पाइन्छ । सन्दिप राई सम्पादक र गणेश साम्पाङ प्रकाशक रहेको ‘पब्लिक टाइम्स’ साप्ताहिक पत्रिका भने वि.सं. २०६९ सालदेखि निरन्तर प्रकाशन भइरहेको पाइन्छ भने प्रेस काउन्सिलको वर्गीकरणमा पर्न सफल पनि भएको पाइन्छ । वि.सं. २०६९ सालमा नै ‘अरुण तमोर’ पाक्षिक पत्रिका आरम्भ भए पनि लामो यात्रा तय गर्न सकेनन् । लक्ष्मी गौतमको सम्पादकत्वमा पाँचथरे युवा पत्रकारको सक्रियतामा वि.सं. २०७० सालमा ‘समृद्ध पाँचथर’ साप्ताहिक प्रकाशनमा आए पनि दुई वर्षसम्म पनि निरन्तरता पाएको देखिँदैन । दैनिक पत्रिकाको कुरा गर्ने हो भने वि.सं. २०७० सालमा पृथ्वी लावतीको सम्पादकत्वमा ‘कञ्चनजङ्घा टाइम्स’ दैनिक पत्रिका फिदिमबाट प्रकाशन सुरु भएको पाइन्छ । यो पत्रिकाले पनि मुस्किलले दुई वर्षे यात्रा गरेको पाइन्छ । तर दैनिक पत्रिकाको सन्दर्भमा पाँचथरको पत्रिकामा पहिलो र अग्रणी मानिन्छ । वि.सं. २०७१ सालमा ‘पाँचथर एक्सप्रेस’ साप्ताहिक प्रकाशन भएको पाइन्छ । लेखनाथ खतिवडा ‘शिकारु’ प्रकाशक र रविन्द्र काफ्ले सम्पादक रहेको ‘मेची पोष्ट’ दैनिक पत्रिका वि.सं. २०७२ सालबाट सुरु भई अनलाइन संस्करणमा अद्यावधिक निरन्तर चलिरहेको पाइन्छ । हालको कोभिड १९ को महामारीका पछि भएको लकडाउनका कारण प्रिन्ट प्रति भने प्रकाशन हुन सकेको देखिँदैन । वि.सं. २०७२ सालमा नै प्रकाशित विपेन्द्र गौतमको सम्पादकत्वको साप्ताहिक पत्रिका ‘मिक्लाजुङ आवाज’ हालसम्म निरन्तर प्रकाशित भइरहेको पत्रिका हो र यसले प्रेस काउन्सिलको वर्गीकरणमा पर्ने अवसर समेत पाएको देखिन्छ । त्यसपछि वि.सं. २०७३ सालमा मङ्गलबहादुर बेघा सम्पादक र नारायणप्रसाद तुम्वापो प्रकाशक रहेको ‘वाच टाइम्स’ मासिक पत्रिका पनि केही अङ्क निस्किएको पाइन्छ । वि.सं.
२०७५ सालमा कुम्मायक दुई बाट प्रकाशन हुने गरी दिलवीर शेर्मा सम्पादक र सरिता शेर्मा प्रकाशक रहेको ‘इङ्जो तलुङ’ पाक्षिक पत्रिका दर्ता भएको पाइन्छ । यसै सालमा प्रविण राई प्रकाशक र चन्द्रबहादुर माङमू सम्पादक रहेको ‘फालेलुङ खबर’ पाक्षिक पत्रिका प्रकाशनमा आएको पाइन्छ । यसै वर्ष चेतकुमारी घिमिरे सम्पादक र रमेश थापा प्रकाशक रहेको ‘कुम्मायक टाइम्स’ मासिक पत्रिका प्रकाशनमा आएको पाइन्छ । वि.सं. २०७५ साल भाद्र १० गते दिपक बोहोरा प्रकाशक र सुरमान तामाङ सम्पादक रहेको ‘फिदिम टुडे’ दैनिक पत्रिका निरन्तर प्रकाशित भइरहेको पाइन्छ । फाल्गुनन्द गाउँपालिकाले ‘फाल्गुनन्द टाइम्स’ मासिक पत्रिका वि.सं. २०७४ देखि निरन्तर प्रकाशन गरिरहेको पाइन्छ ।अखबारबाहेक साहित्यिक र गैर साहित्यिक पत्र—पत्रिका पनि पाँचथरबाट प्रकाशनमा आएको पाइन्छ । वि.सं.२०५१ सालमा नवराज भट्टराईको सम्पादकत्वमा ‘कल्पवृक्ष’ त्रैमासिक, वि.सं. २०५२ सालमा दुर्गाप्रसाद बरालको सम्पादकत्वमा ‘नयाँ कोसेली’ मासिक, वि.सं. २०५३सालमा वसन्तराज पाण्डेको सम्पादनमा ‘एड्को’ साप्ताहिक, वि.सं. २०५९ सालमा प्रेम ओझाको सम्पादकत्वमा ‘मालसिरी’ त्रैमासिक, वि.सं. २०६४ सालमा मनसुन लावतीको सम्पादकत्वमा ‘लुम्लुङ’ मासिक पत्रिका प्रकाशन भएको पाइन्छ । त्यसरी नै वि.सं. २०६५ मा जिल्ला कृषि विकास कार्यालय पाँचथरको ‘कृषि गतिविधि’, तान्छोहाङ लावतीको सम्पादकत्वमा मौवा ९ बाट प्रकाशित ‘नयाँ लुङ्गा’ त्रैमासिक, खड्गनारायण आङदेम्वेको सम्पादकत्वमा वि.सं. २०६७ सालमा ‘युगान्तर आवाज’ त्रैमासिक, वि.सं. २०६८ सालमा प्रेम ओझाको सम्पादकत्वमा ‘बिहानीका किरण’ त्रैमासिक, वि.सं. २०७० सालमा कविता थाम्सुहाङको सम्पादकत्वमा ‘फुङवामा’ (वसन्त ऋतु) त्रैमासिक, वि.सं. २०७५ सालमा मधुराज केरुङको सम्पादकत्व र विनोद इङ्वाको प्रकाशकत्वमा ‘शब्द साँघु’ द्वैमासिक, क्षितिज विरहीको प्रकाशकत्व र राज दिलाञ्जलीको सम्पादकत्वमा ‘सेहो?नाम्लाङ’ द्वैमासिक पत्रिकाहरू प्रकाशनमा आएको पाइन्छ । यो अवधिमा पाँचथरबाट दर्जनौ हवाई पत्रिका एवं
लघु पत्रिकाहरू प्रकाशन भएको पाइन्छ । जसको माध्यमबाट साहित्यिक सञ्चारमा महŒवपूणर् योगदान पुग्यो ।
पाँचथरमा छापाखाना ः
वि.सं. २०४२ सालमा पराजुली प्रिटिङ प्रेस स्थापना हुनुअघि जिल्लाको छपाइका कामहरू झापाको भद्रपुर, इलाम र विराटनगरबाट हुने गर्दथे । फिदिम प्रेस स्थापना भएपछि कार्यालयीय प्रयोजनका छपाइ पाँचथरबाटै सम्भव भएको पाइन्छ । यसरी नै मनिष प्रिटिङ प्रेस, विनय छापाखाना, पाथीभरा छापाखानाहरू सञ्चालन भएको पाइन्छ । पाँचथरमा सुरुमा सञ्चालनमा आएका यी सबै प्रेसहरू लेटर पद्धतिका भएको पाइन्छ । तत्कालीन अवस्थामा पाँचथर जिल्लामा नियमित विद्युत सेवा नभएकोले हात र खुट्टाको भरमा चलाएर छपाइको काम हुन्थ्यो । छापाखाना आएपछि पत्रपत्रिकाको प्रकाशन पनि सुरु भएको पाइन्छ । यी विस्तारै अफ सेट प्रेस प्रविधि भित्रिएपछि लेटर प्रेसहरू विस्तापित भएको पाइन्छ । पाँचथर जिल्लामा पहिलो अफसेट प्रेस स्थापना गर्ने श्रेय निरौला छापाखाना उद्योगलाई जान्छ । त्यसपछि विद्यावासिनी अफसेट प्रेस, रिजाल छापाखाना, कञ्चनजङ्घा अफसेट प्रेस र करुणा छापाखाना सञ्चालनमा आएका अफसेट प्रेसहरू हुन् । कञ्नचनजङ्घा प्रेस बाहेक हाल सबै प्रेस सञ्चालनमा रहेका छन् । ती ठूला प्रेसबाट पत्रपत्रिकाहरू मात्र प्रकाशित हुँदैनन्, कार्यालय प्रयोजनका सामग्री, पुस्तक, विवाह कार्ड, पर्चा, पम्प्लेट आदि पनि छाप्ने गरेको पाइन्छ । यसका अलावा पाँचथरमा स्क्रिन प्रिन्ट पनि सञ्चालनमा रहेको पाइन्छ ।
सानातिना छपाइका काम त्यस्ता लघु यन्त्रबाट गर्ने अहिले पनि यथावत रहेको पाइन्छ । कम्प्युटर र प्रिन्टर राखेर धेरै जनाले छपाइकै व्यवसाय पनि सञ्चालन गरेको पाइन्छ ।
पाँचथरमा एफ. एम.को विकास ः
नेपालमा एफ. एम. प्रविधिको विकास भएको एक दशकभित्र पाँचथरमा पनि सामुदायिक रेडियो सुम्हात्लुङ स्थापना भएको पाइन्छ । वि.सं. २०६३ सालमा यसको प्रसारण सुरु भएको पाइन्छ । त्यसपछि व्यवसायिक एफ.एम.को रूपमा सिंहलिला एफ एम र इगल एफ एम सँगसँगै स्थापना भएको पाइन्छ । हाल पाँचथरको फिदिममा ६ वटा र रवि र यासोकमा एक एक गरी आठ वटा एफ एम रेडियोहरू सञ्चालनमा रहेका छन् । ती रेडियोले पाँचथरे पत्रकारिताको विकासमा महŒवपूणर् योगदान पुर्याएको पाइन्छ । यी सञ्चार संस्थाले सयौलाई आंशिक रूपमा रोजगारी पनि प्रदान गरेको पाइन्छ । कतिपय एफ एमले अनलाइन पत्रिका पनि सञ्चालन गरेको पाइन्छ । पछिल्लो चरणमा खुलेका मितेरी एफ एम, वि एस्सी एफ एम, पाँचथर एफ एम, रवि एफ एम र दिव्यवाणी एफएम निरन्तर सञ्चालनमा रहेको पाइन्छ ।
पाँचथरमा टेलिभिजन ः
पाँचथरमा एकमात्र केवुल टेलिभिजनको रूपमा साइ केवुल नेटवर्क प्रा. लि. सञ्चालनमा रहेको देखिन्छ । हुन त यसअघि पौडेल केवल नेटवर्क सञ्चालन भए पनि केही समय चलेर बन्द भएको थियो । भूउपग्रह प्रणाली र केवल पद्धतिबाट चल्ने यस्ता टेलिभिजनबाट केही समय स्थानीय कार्यक्रम पनि उत्पादन र प्रसारण भएको पाइन्छ ।
पाँचथरमा अनलाइन पत्रिका ः
पाँचथरमा सूचना विभागबाट अनुमति लिएर अनलाइनमा पत्रिका सञ्चालनमा रहेको पाइन्छ । पूर्व पोष्ट, मेची पोष्ट दैनिक, फिदिम टुडे दैनिकहरूले अनलाइन संस्करण सञ्चालन गरेको पाइनछ भने खविन लुइँटेलको नयाँ कुरो डटकम, लक्ष्मी गौतमको मितेरी डटकम र विनोदकुमार सुब्बा (सन्देश) र विपुल अधिकारीको पूर्वपोष्ट डटकम अनलाइनहरू पनि पाँचथरमा दर्ता भई सञ्चालनमा रहेको पाइन्छ । पाँचथरको पत्रकारिताको विकासमा अनलाइनले
महŒवपूणर् योगदान दिएको पाइन्छ ।
पाँचथरमा पत्रकारिताको संस्थागत विकास ः
नेपाल पत्रकार महासङ्घको स्थापना नै पाँचथरे पत्रकारिता क्षेत्रमा पहिलो संस्थागत पाइला थियो । वि.सं २०५१ सालमा इलाम र पाँचथरका क्रियमशील पत्रकार भेला भएर इलाम पाँचथर संयुक्त शाखा गठन भएको थियो । अर्को तीन वर्षपछि पाँचथर र ताप्लेजुङका पत्रकार जोडिएर पाँचथर ताप्लेजुङ शाखा गठन गरिएको थियो । नेपाल पत्रकार महासङ्घको पहलमा दर्जनौ पत्रकारहरूले आधारभूत र व्यवसायिक तालिम प्राप्त गरेको पाइन्छ । नेपाल प्रेस इन्स्टीच्युटको सहकार्यमा पाँचथरका धेरै सञ्चारकर्मीले व्यवसायिक तालिम लिएका थिए । वि.सं. २०५० तिर पाँचथरको फिदिममा नेपाल प्रेस काउन्सिल मिडिया विकास कोषको सहयोगमा महाभारत सञ्चार केन्द्रले टेलिफोन र फ्याक्स सेवा सञ्चालन गरेको पाइन्छ । त्यसअघि पाँचथरबाट अन्यत्र समाचार पठाउँदा टेलिफोन वा कुरियरको सहायता लिने गरेको पाइन्छ । महाभारत सञ्चार केन्द्रले पाँचथर र ताप्लेजुङमा आधारभूत पत्रकारिता तालिमसमेत सञ्चालन गरेको थियो । पछि एफ एमहरू खुल्न थाले पछि व्यवसायिक पत्रकारिताका विभिन्न विषयमा तालिमहरू सञ्चालन गरिएको पाइन्छ । पाँचथरमा पत्रपत्रिका प्रकाशन र एफ एम रेडियो सञ्चालनका लागि व्यवसायिक र सामुदायिक संस्था स्थापना भएको पाइन्छ । सुम्हात्लुङ सञ्चार सहकारी संस्था लि., याक्थुङहाङ मिडिया प्रा. लि.,
संिहलिला मिडिया नेपाल प्रा. लि., विग सोसियल मिडिया प्रा.लि., पाँचथर प्रकाशन प्रा.लि. संस्थाहरू मुख्य रूपमा रहेका छन् ।
पत्रकारिता र आन्दोलन ः
पत्रकारिता पेशा अपनाउने सञ्चारकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखेर होस् वा बोलेर आवाज बुलन्द पार्दै आएको पाइन्छ । आवाज विहिनको आवाज उठाउने क्रममा यो मिडिया क्षेत्रले पनि विभिन्न समयमा भएका राजनीतिक घटनाक्रमबाट प्रताडित हुनु परेको इतिहास ताजै रहेको छ । खासगरी नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका क्रममा धेरै सञ्चारकर्मी पीडित भएको पाइन्छ । कुटपीट गर्ने, ज्यान मार्ने धम्की दिने क्रम निरन्तर चलेको पाइन्छ । माओवादी विद्रोहका क्रममा नेपाल पत्रकार महासङ्घका सभापति कृष्ण ओझाले माओवादी कार्यकर्ताबाट कुटाइ खानु पर्यो । नेपाल समाचार पत्रका सम्वाददाता कुमार ओझालाई यातना दिइयो । ज्ञानेन्द्र शाहले लगाएको सङ्कटकालका समयमा अभिव्यक्ति स्वतन्त्रताका लागि आवाज उठाउँदा नेपाल पत्रकार महासङ्घका अध्यक्ष लवदेव ढुङ्गानालाई पक्राउ गरी ५१ दिन गैर न्यायिक थुनामा राखियो । वि.सं. २०६२/ ०६३ को आन्दोलनमा लवदेव ढुङ्गानालाई घाइते बनाइयो । सो क्रममा तुलसी थापा, प्रेम ओझालाई पनि घाइते बनाइएको थियो । पत्रकार लेखनाथ खतिवडा र विपेन्द्र गौतमको क्यामेरा खोसेर खाली गर्न लगाइएको थियो । सङ्घीय आन्दोलनका दौरानमा पाँचथर टाइम्स साप्ताहिकमा छापिएको सामग्रीलाई लिएर सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका कार्यकर्ताले सम्पादक प्रेम ओझालाई ज्यान मार्ने धम्की दिएका थिए । सो क्रियाकलापका विरुद्ध नेपाल पत्रकार महासङ्घले विरोध कार्यक्रम नै सञ्चालन गरेको थियो । तत्कालीन कान्तिपुर दैनिकका लवदेव ढुङ्गानालाई टेण्डर प्रक्रियामा हस्तक्षेप भएको विषयमा समाचार लेख्दा माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की
दिएपछि कार्यक्षेत्रबाट केही समय पलायन हुनु परेको थियो । महासङ्घको केन्द्रीय समितिले वरिष्ठ पत्रकार किशोर नेपालको संयोजकत्वमा टोली पठाएर समाधान गरिएको थियो । त्यसै गरी अन्य पत्रकारहरूले पनि दुव्र्यवहार र धम्कीको सामना गर्नुपरेको थियो । लोकतन्त्रको स्थापना भइसकेपछि पनि त्यस्ता घटनामा कमी आएको छैन । सामाजिक सञ्जालको प्रयोग गरेर पत्रकारको अपमान र मानमर्दन गर्ने केही घटनाहरू पनि बाहिर आएको पाइन्छ ।
पत्रकारिता र अदालत ः
अदालतको मानहानी गरेको विषयमा श्री विकल्प साप्ताहिकका तत्कालीन प्रकाशक लेखनाथ खतिवडालाई पाँचथर जिल्ला अदालतले गिरफ्तार गर्ने आदेश दिएको थियो । गैर कानुनी थुनामा परेका लवदेव ढुङ्गानाले दायर गरेको क्षतिपूर्तीसम्बन्धी मुद्दामा नीज ढुङ्गानालाई क्षतिपूर्ती दिलाइ भराइ गर्नुपर्ने आदेश भएको थियो । पाँचथर टाइम्स साप्ताहिकले प्रकाशन गरेको एउटा सामग्रीलाई आधार बनाएर आफ्नो गाली बेइज्जती भएको भन्दै राप्रपाका नेता पदमसुन्दर लावतीले सम्पादक प्रेम ओझा लगायत १२ जना विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । छ महिनापछि सो मुद्दा खारेज भएको थियो ।
पाँचथरको पत्रकारिताका चुनौतीहरू ः
(क) दक्ष जनशक्तिको कमी (ख)राजनीतिक हस्तक्षेप
(ग) व्यवसायिकताको कमी (घ) अस्वस्थ प्रतिस्पर्धा
(ङ) सरकारी नीति पत्रकारिता मैत्री नहुनु (च) सरकारी विज्ञापन वितरणमा विभेद हुनु
(छ) श्रमजीवि पत्रकारको सेवा सुरक्षामा कमी
निष्कर्ष
करिब ३५ वर्षको यात्रामा पाँचथरे पत्रकारिताले ठूलो फड्को मारेको छ । लेटर प्रेसबाट सुरु भएको यो यात्रा अहिले अत्याधुनिक प्रविधिले सुसम्पन्न भएको छ । फ्याक्स, कुरियर र हुलाकबाट सुरु भएको पत्रकारिता अहिले इमेल, इनटरनेटयुक्त भएको छ । सयौँ सञ्चारकर्मीहरू यो पेशामा जोडिएका छन् । पाँचथर जिल्लामै वि.सं. २०६५ सालदेखि कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयले दश जोड दुई तहमा पत्रकारिता विषयको अध्ययन अध्यापन गराइरहेको छ । यसबाट दर्जनौ जनशक्ति उत्पादन भइसकेका छन् । सञ्चार माध्यम सञ्चालन गर्नेसंस्थाहरूको व्यवस्थापकीय सुधार गर्न सके, स्रोत र साधनको उपयोगमा स्वस्थ प्रतिस्पर्धाको नीति अवलम्वन गर्न सके पाँचथरको पत्रकारिताले प्रेस स्वतन्त्रता, मानव अधिकार र आवाज विहिनहरूको आवाज हुन सक्ने कुरामा
विश्वस्त हुन सकिन्छ ।सन्दर्भ सामग्री ः
(१) क्षेत्री दुलाल, डा. देवी ः पाँचथरको इतिहास भाग १
(२) जिल्ला प्रशासन कार्यालयको पत्रिका दर्ताको दस्तावेज
(३) नेपाल पत्रकार महासङ्घ शाखा पाँचथरका दस्तावेज
पाँचथरको पत्रकारिता
पाँचथरको पत्रकारिता

तपाईको प्रतिक्रिया