‘आइ रिबेल देयरफोर वी एक्जिष्ट’(दि रिवेल) । बिसौं शताब्दीका दार्शनिक तथा साहित्यकार अल्वेयर क्यामुको यो वाक्य बनेको थियो मेरो मूल मन्त्र चिन्तन
र लेखनको त्यो कालखण्डमा अस्तित्ववादी दर्शनले संसारको वौद्धिक समाजमा गहिरो प्रभाव पारेको थियो । २०१७ सालमा प्रजातन्त्रको राजकीय अपहरण भएपछि नेपालको तत्कालीन समय त्यस्तै थियो । मैले अक्षरको दुनियाँमा २०२५ सालमा प्रवेश गरेको थिएँ । राजाको प्रत्यक्ष शासन, सम्पूणर् अनुदारवादी राज्यव्यवस्था र विकासका नाराहरूबीच राजधानी शहरको त्यति बेलाको जीवन अहिलेको जस्तो सक्रिय थिएन, तर कठिन थियो । मरुभूमिको बीच पानीको कुवाजस्तो, काठमाडौंको नया सडक र भूगोल पार्क सँगै उभिएको पीपलको बोट राजनीतिक कार्यकर्ता, कवि, लेखक र पत्रकारहरूको दैनिक गतिविधिको केन्द्र थियो । सरकारी जासूसहरूका आ“खा हरेक गतिविधिमा केन्द्रित हुन्थे । विद्रोहीहरू ती जासूसका आँखामा धूलो छरेर बडो रोमाञ्चक तरिकाले तिनलाई छक्याँउथे । राज्यविरुद्ध विद्रोहको प्रतीक बनेको थियो
पीपलबोट । राजधानीमा हुने हरेक घटनाको साक्षी ।
त्यतिबेला राजनीतिक होस् वा साहित्यिक, पत्रपत्रिका प्रकाशनका लागि प्रशासनबाट अनुमति पाउनु अत्यन्त कठिन थियो । सामयिक सङ्कलनका रूपमा साहित्यिक पत्रिका प्रकाशनको नया“ तरिका अपनाएका थिए साहित्यकारहरूले । विनाविज्ञापन निस्कन्थे यस्ता सामयिक सङ्कलनहरू । कथा, कविता र निबन्धका रूपमा राज्यका विरुद्ध आगोका झिल्काहरू ओकल्ने त्यस्ता प्रकाशनहरूलाई राजाको निगाहमा स्थापित र प्रतिष्ठित भएका तत्कालीन व्यवसायीहरूले मद्दत गर्ने सम्भावना नै थिएन । पाँच दशक अघि सामयिक सङ्कलनका रूपमा प्रकाशित भएका त्रैमासिक साहित्यिक पत्रिका ‘स्वतन्त्रता’ र मासिक पत्रिका‘विचार’ को सम्पादकको रूपमा नेपाली पत्रकारितामा प्रवेश गरेको मेरा लागि पत्रकारिता स्वेच्छाले रोजेको वृत्ति थियो । यो मेरो वाध्यता थिएन, रहर थियो । म समाचारहरू लेख्दथेँ र गोरखापत्र दैनिकमा साप्ताहिक स्तम्भ चलाउँथे हाम्रा गाउँघर । त्यसबाहेक म भारतको प्रकाशन समूह दि टाइम्स अफ इन्डियाको साप्ताहिक प्रकाशन दिनमानको काठमाडौं संवाददाता थिएँ । दिनमान भारतमा मात्र होइन, नेपालमा पनि सर्वाधिक पढिने, अत्यन्त प्रभावशाली र विजोडा साप्ताहिक प्रकाशनप्रतिष्ठित थियो । त्यसमा लेख्नु सा“च्चै नै सम्मानजनक कुरा थियो । नेपालमा त्यतिखेरका केही प्रतिष्ठित व्यक्तिबाहेक कमैलाई मात्र थाहा थियो म दिनमानमा लेख्छु । मेरो आफ्नै सुरक्षाका लागि पनि यो परिचयहीन अवस्था आवश्यक थियो ।
मैले महोत्तरी किसान आन्दोलनको समाचार दिनमानमा पठाएँ । नेपालमा त्यसको प्रकाशन सम्भव थिएन । त्यसको प्रकाशनपछि आन्दोलन कसरी प्रभावित भएको थियो ? त्यसको लेखाजोखा गर्न नपाए पनि समाचारको प्रकाशन पछि आन्दोलनका नेता महावीर सिंह जेलमुक्त हुनुभयो। यही थियो सन्तोषको विषय । गाउँ मेरा लागि सधैं रुचि र आकर्षणको बिन्दू रहँदै आएको छ । पत्रकारिता पेशामा लागेपछि एउटा कुराले मलाई सधैं कुतकुत्याउने गर्दथ्यो । त्यतिबेला सरकारका सिपहसालार र नीति निर्माताहरू पनि अहिलेका नेता र नीति- निर्माता जस्तै बारम्बार गाउ“को विकासको कुरा गर्दथे । स्वयम् राजा सबैलाइ गाउँ फर्कने आह्वान गर्दथे । निर्दलिय सञ्चायती संविधानको प्रारम्भदेखि नै “गाउँ फर्क” राष्ट्रिय अभियान चलाइएको थियो तर, राजाको आह्वानमा गाउँतिर पिकनिक जाने राजनीतिक कार्यकर्ता र कर्मचारीहरूको भीड बढे पनि मनैले कोही गाउँ फर्किन चाहँदैनथो ।
बरु, राजाको हुकुम प्रमाङ्गी पाएर काठमाडौँका गौचरन, पर्ती र बाँझो जग्गा आवाद गर्नेहरूको भीड बढ्न थालेको थियो । काठमाडौं जति बाक्लिए पनि ग्रामीण पत्रकारितामा मेरो रुचि पातलिएको थिएन । नेपाली समाज हिंसात्मक आन्दोलनको चेपमा परेपछि मलाई लाग्यो, गाउ“का जनताको यो पीडामा साथ दिनुपर्छ । उनीहरूलाई कमसेकम हामी पत्रकारहरूले सामयिक अवस्थाबाट एक्लिन दिनुहु“दैन । मैले हिमाल पाक्षिकका तत्कालीन सम्पादक राजेन्द्र दाहालस“ग प्रस्ताव गरेँ- गाउँको समाचार लेखौ उनका लागि यो प्रस्ताव अनौठो थिएन । उनले पत्रकारिताको मेरो शैलीलाई बुझेका थिए । म हिमालसँग अनुवन्धित भएर अग्रलेखहरू तयार गर्न दैलेखतिर लागेको थिएँ । सरकारमाथि दबाब र प्रभावका हिसाबले नेपाली पत्रकारिताको पहु“च अत्यन्त सीमित छ । सबै छापालाई गोरखापत्र भनेर सरोबरीमा चिन्ने सामाजिक संस्कार बनिसकेको देशमा सञ्चारको प्रभाव सीमित हुनु अस्वाभाविक होइन । तर पनि अवस्था हिम्मत हार्नुपर्ने खालको छैन । पत्रकारितामा केही गर्न आट गर्ने हो भने उपायहरू आफै फेला पर्दछन् । टेलिभिजनको प्रभाव अल्पकालीन भए पनि सरकार र समाजलाई संवेदनशील बनाउन आवश्यक पर्ने ऊर्जाको सबैभन्दा ठूलो स्रोत हो यो । टेलिभिजनको प्रभावका कारण सबै पत्रकार कुनै न कुनै चरणमा टेलिभिजन माध्यममा काम गर्न चाहन्छन् । नेपालमा टेलिभिजनको आगमन नहुँदै टेलिभिजन पत्रकारितासम्बन्धी ज्ञान हासिल गरेको म जस्तो व्यक्तिका लागि यो माध्यममा काम गर्ने लोभ संवरण गर्न सकिने खालको थिएन । यही क्रममा मैले अहिले सम्म सत्ताको वृत्तमा कतै नसुनिएका जनताका आवाजहरूलाई सकेसम्म चर्को स्वरमा सुनाउन साप्ताहिक टेलिभिजन कार्यक्रम मत-अभिमत सञ्चालन गरे“ । सामान्य जनतालाई नायक बनाएर, उनीहरूको बीचमा उभिएर उनीहरूका पीडा र प्रत्याशाहरूको, दुःख र सुखको, अनुभव र आकाङ्क्षाहरूको प्रत्यक्ष चित्रण गर्ने यो कार्यक्रम नेपालको दृश्य पत्रकारितामा पहिलो प्रयोग थियो । दृश्य सञ्चारमाध्यमहरूमा सबभन्दा बढी पहु“च भएको नेपाल टेलिभिजन मेरो कार्यक्रमको प्रसारण माध्यम रह्यो । मेरो उद्देश्य थियो, कार्यक्रममार्फत हिंसात्मक द्वन्द्वको आगोमा पिल्सिएका हजारौ हजार जनताको आवाज र आकाङ्क्षाहरूलाई देशभर सुनाउने । पहिलो चरणमा मैले सत्तरीवटा जिल्ला सदरमुकामहरूमा आफ्नो कार्यक्रम सञ्चालन गरेँ । देश असहज अवस्थामा भएका बेला जनतासम्म पुग्नु र जनताका आवाजहरूलाई टेलिभिजनमार्फत प्रसारण गर्नु कष्टकर विषय थियो । हिंसात्मक द्वन्द्वका कारण कुनै ठाउँबाट कुनै ठाउँसम्मको पनि यात्रा सहज र सुगम थिएन । यो क्रममा आफूले देखेका र भोगेका कुराहरूलाई मैले हिमाल खबर पत्रिका र अङ्ग्रेजी
साप्ताहिक नेपाली टाइम्समार्फत पाठकहरूसम्म पुर्याए“ । पूर्वको कावेलीदेखि पश्चिमको कणर्ालीसम्म – सत्तरी जिल्ला सदरमुकाम र विभिन्न जिल्लाका सयौं गाउ“ र बस्तीहरूको यो अविचलित र निरन्तर यात्रा जुन संसारका कुनै पनि विश्वविद्यालयहरूमा उपलब्ध हुन नसक्ने शिक्षा थियो मेरो लागि । मलाई गर्व छ- हिंसात्मक द्वन्द्वको कठिन समयमा नेपाली जनताका केही उत्कृष्टतम गुणहरूलाई टेलिभिजनको पर्दामा देखाउने र छापामा प्रष्ट्याउने गरेको छु मैले । मेरो यो गर्व अनुचित छैन । सामान्य समयमा जसले पनि असामान्य काम गर्न सक्छ । तर हिंसाका असामान्य समयमा जनतासँग आत्मीय भाव राखेर काम गर्नु सहज हँुदैन । विद्रोहीको आशङ्कामा सुरक्षाकर्मीद्वारा मारिएको कलकलाउँदो उमेरको छोरोको खोजीमा विक्षिप्त भएर भौंतारिइरहेकी कुनै नेपाली आमाको अनुहारमा मैले मेरी आफ्नी आमाको चित्र
उतारिएको अनुभूत गरेको छु । कन्चटमा विद्रोहीको गोली लागेर रगतको आहालमा डुब्दै प्राण त्यागिरहेको सुरक्षाकर्मीको असहज मृत्युको दृश्यले मेरा आँखा रसाएका छन् । विद्रोही र सुरक्षाकर्मीहरूको भीडन्तमा पड्किएका बन्दुकका चर्का आवाजहरूले मेरो कानका जालीहरू फोड्न खोजेका छन् । फूलका सुगन्ध र सुवासले गमक्क गम्किने वनजङ्गलका पाखाहरूमा बारुदका नमीठो गन्ध सुँघ्न बाध्य भएको छु म । पीडाका विभिन्न सुरहरू र स्वरहरूमा घन्किने नेपाली आवाजहरू देशभर फैलाउने दायित्व मेरो हिस्सामा परेकोमा मैले गर्व गरेको छु । नेपालमा टेलिभिजनको परिभाषा अहिले पनि सङ्कुचित रहेको छ । झिलिक्क परेको रमाइलो परिवेश, सुन्दर र सेक्सिलो अनुहार र थरीथरीको फेशन यसको पहिचान बनेको छ । यो व्यवसायिक वाध्यता पनि हो । तर मेरो कार्यक्रम मत-अभिमतमा यस्ता कुनै फिचर थिएनन् । देशका सुन्दर र प्राकृतिक दृश्यहरू देखाउन हामीले कन्जुसी गरेनौँ । तर, कार्यक्रम सञ्चालनका लागि शहरिया दर्शकको आँखा सुहाउँदो सुन्दर सेट र त्यस अनुरूप सिङ्गारिएका मानिस हामीस“ग
थिएनन् । धूलोमा लटपटिएका किसान, दुःखले निसासिएका आमा, पत्नी र दिदीबहिनीहरू, आफ्नाहरूको मृत्युको शोकमा डुबेका परिवारहरू कार्यक्रमका नायक र नायिक थिए । हरेक साता हामी सरकार र विद्रोहीको दोहोरो बन्दुकको चेपमा परेका नेपालीहरूको कथा र व्यथा प्रस्तुत गर्दथ्यौँ । प्राविधिक रूपले हामी कमजोर थियौँ । एउटा क्यामेराले सयौँ प्रभावअभिव्यक्ति र अभिब्यन्जना समेट्नुपथ्र्यो ।
नेपालका प्रायः कुनै पनि राजनीतिक नेता सञ्चार-साक्षर छैनन् । एक्काइशौं शताब्दीमा सञ्चार माध्यमको महत्वका बारे धारा प्रवाह भाषण गर्ने सक्ने उच्च शिक्षित नेताहरूमा समेत सञ्चार-संस्कृतिको ज्ञान छैन । लोकतन्त्रमा स्वतन्त्र मिडियाको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने ज्ञान भएका व्यक्तिहरूसमेत सत्तामा पुगेपछि मिडिया नियन्त्रणतिर लाग्दछन । यो अर्कै पक्ष हो । तर मत-अभिमत कार्यक्रमका बारे एकजना नेताले गरेको टिप्पणी निकै उदेक लाग्दो थियो । सरकारका सञ्चारमन्त्री भइसकेका ती एकजना नेताको टिप्पणी थियो, ‘अ“ सदरमुकाममा कार्यक्रम गर्न अप्ठ्यारो छ र ?’ त्यतिबेला मैले उनलाई केही जवाफ दिइन“ । मैले उनलाई बाजुरा हुँदै बझाङसम्मको ‘सुगम’ यात्राका बारे बताउनु जरुरी थिएन । उनी पछिल्लोपटक आफ्नो जिल्ला कहिले पुगेका थिए ? मलाई थाहा थिएन । अछामको मङ्गलसेन ध्वस्त भैसकेपछि साँफेबाट पैदल हिँडेर त्यहाँ पुगेका थियौ हामी । वयलपाटाबाट उकालो लागेपछि छुटेका गोलीको छर्राबाट जोगिँदै कैलाश खोला पुगेको थियौँ हामी । तत्कालीन समयमा विभिन्न बस्तीहरू छिचोलेर सदरमुकाम पुग्नु सजिलो थिएन । राजधानीको सुरक्षित किल्लामा बसेर देशको शासन चलाइरहेका नेतालाइयो ज्ञान नहुनु आश्चर्य थिएन । यही क्रममा मजदूरवर्गको नेतृत्व गर्ने एक जना ठूला नेताले सोधेको थिए । ‘तपाईं यहीँ मानिस जम्मा गरेर कार्यक्रम बनाउनुहुन्छ होइन ?’ त्यतिखेर म हाँस्न पनि सकेको थिइनँ र रुन पनि । व्यावसायिक व्यक्तिहरूका लागि सरकारी सञ्चार माध्यमहरूमा काम गर्नु अप्ठ्यारो मात्र होइन, दुःखद अवस्था पनि हो । सरकारी सञ्चारलाई माध्यम बनाएर काम गर्नेहरूले त पटक पटक त्रासदीपूणर् अवस्थाहरू पार गर्नु पर्दछ । कार्यक्रम उत्पादनपछि सेन्सरका नखराहरूबाट कसरी जोगिने? भन्ने ध्याउन्नले तनाव ग्रस्त बनाउँछ जनताका विचार
र आवाजहरूलाई सकेसम्म नबिग्रने गरी, अर्थ नबाङ्गिने गरी सन्तुलित बनाएर प्रस्तुत गर्ने धैर्य सबैभन्दा जरुरी हुन्छ, सरकारी सञ्चारमाध्यमको प्रयोग गर्नेहरूमा सरकारी टेलिभिजनको नेतृत्व तहमा काम गरिसकेको मेरा लागि परि स्थिति त्यति जटिल बन्नु पर्ने थिएन । कहा“निर सन्तुलन मिलाउनुपर्ने हो मलाई त्यसको ज्ञान थियो । द्वन्द्वका कारण त्यो ज्ञानको उपयोग मात्रैले पुग्दैनथ्यो । बेलाबेलामा सुरक्षाअधिकारीहरूको वक्रदृष्टि पर्ने गर्दथ्यो, कार्यक्रममाथि । नवलपरासीकी शिक्षिका लक्ष्मी पाण्डेले आफूलाई माओवादी छापामारको भेषमा आएका सरकारी सुरक्षाकर्मीहरूले आधा रातमा अपहरण गरेको घटना सुनाएको कार्यक्रम प्रसारित भएपछि सेनाका कुनै पदाधिकारीले टेलिफोनमा ज्यान बेपत्ता पारिदिने धम्की दिएका थिए मलाई । सरकारी अधिकारीेहरू वेला वेलामा नमीठो कटाक्ष गर्दथे। विद्रोही पक्ष पनि कार्यक्रमस“ग सन्तुष्ट थिएन । कार्यक्रम प्रसारणमा टेलिभिजनभित्रै उत्पन्न गरिएका व्यवधानहरू प्रशस्त थिए । यी व्यवधानहरू कुनै पनि सञ्चारकर्मीलाई मानसिक रूपले हतोत्साही तुल्याउन पर्याप्त थिए ।
त्यसो त नेपालका सबै सञ्चारमाध्यमहरू भ्रम र विचलनमा चलेका छन् । अझ सरकारी सञ्चारमाध्यमहरूमा त यस्तो भ्रम र विचलन बढी नै छ । पूणर् सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनले आफ्नो प्रसारण समयको केही अंश जनताका पक्षमा र जनताका लागि खर्च गर्नुपर्ने हो । तर, सरकारले सञ्चालन खर्च कटौती गरेको बहानामा
टेलिभिजन नराम्रोस“ग परामुखापेक्षी बन्दै गएको छ । ग्रामीण समाजको संयोजनले बनेको देशको टेलिभिजन शहरकेन्द्रित छ । सञ्चारको यो प्रभावशाली माध्यमलाई जनताको आ“गनमा पुग्नै दिइएको छैन । विज्ञापन माफियाको मजबुत पकडमा रह“दै आएको टेलिभिजनमा शहरमुखी प्रवृत्तिको वर्चस्व झन् बढ्दै गएको छ । यस्ता प्रवृत्तिहरूलाई निरुत्साहित गर्ने आ“ट कसैले गरेका छैनन् । यति हो कि टेलिभिजनको नेतृत्वमा पात्रहरू फेरिएका छन् । अनुहारहरू बदलिएका छन् । तर, संस्थामा झन् अधोमुखी प्रवृत्ति हाबी हुन थालेको देखिएको छ । हिजोआज कार्यक्रमको स्तरमा होइन, बढाबढको दरमा महत्व दिएको छ नेपालको राष्ट्रिय प्रसारणमा । मेरो विचारमा लोकतन्त्रमा सरकारी स्वामित्वको सञ्चारमाध्यम र सरकारद्वारा सञ्चारमाध्यमको सञ्चालन दुवै अवस्था प्रत्युत्पादक हुन्छ । सरकार र राजनीतिक दलका नेताहरूले यसलाई स्वीकार्दै आएका छन् । तर, सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूलाई स्वायत्त बनाउने, तिनीहरूको नियन्त्रण र सञ्चालन स्वतन्त्र व्यक्तिहरूको ट्रष्ट वा जन-प्रतिनिधिमूलक संस्थाको अधिनमा राख्ने सञ्चार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्नेजस्ता काममा सरकार, राजनीतिक दल र नीति निर्माताहरू कसैको रुचि देखिएको छैन । आफ्नो र आफ्नाहरूको चिन्ता सबैलाई छ । सबै आफू सत्ताको सामाजिक र राजनीतिक नियन्त्रण गर्ने स्थानमा पुग्न सकियोस् भन्ने चाहन्छन् । हैकम चलाउने प्रवृत्ति सबैमा छ । यो अवस्थामा नयाँ नेपालको नयाँ संरचना कसरी बन्ला ? बन्ला, नबन्ला, बने पनि कस्तो बेढङ्गको बन्ला नयाँ नेपाल ?