पाँचथरमा रहेका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच छलफल भएको छ । सूचनाको हकको कार्यान्वयको अवस्था र आगामि दिनमा गर्ने कामका बारेमा छलफल भएको थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखा र जिल्ला प्रशासन कार्यालय पाँचथरको संयुक्त आयोजनामा उक्त कार्यक्रममा भएको थियो । उक्त छलफल आगामी दिनमा सूचनाको हकको कार्यान्वयन आपसि समन्वय लगायतका विषमा छलफल भएको थियो ।
उक्त कार्यक्रमबाट सरकारी कार्यालयले हरेक तीन महिनाका गतिविधि सार्वजनिक गर्ने, वेभसाईट अपेडेट राख्ने तथा हरेक तीन महिनामा सूचना अधिकारी र पत्रकार बिच छलफल कार्यक्रम राख्ने निर्णय भएको थियो ।
सूचनाको अधिकार कार्यान्वयका सवालमा पत्रकारहरुले विभिन्न सवाल उठाएका थिए । सरकारी कार्यालयका सूचना अधिकारीले आफ्ना आफ्ठयाराहरु सुनाएका थिए ।
