दृष्टान्त १
मैले थाहा पाउँदै घरमा अनिवार्य रेडियो बज्थ्यो, बुबा समाचारको पm्यान, एक रेडियो देखेकै दिन उत्पन्न भएको यति सानो रेडियोमा कति धेरै मान्छे अटाएका ? दृष्टान्त ३ २०५५ मा एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न सदरमुकाम झरेँ, बजारमा होस् वा स्कुल क्याम्पसका कुनै कार्यक्रममा हल्का दा¥ही पालेका झोला बोक्ने फरक पहिचानको मानिस भेटिन्थे तिनलाई पत्रकार भन्दै सम्बोधन गरिन्थ्यो, केहीसँग अनिवार्य रिल लोड गर्ने क्यामेरा देखिन्थ्यो त केहीले घिरौलाको जालोले बुनेका टोपी लगाएका । त्यसपछि मनमा कौतुहल जाग्यो पत्रकार …. तर कसरी त ? संयोग नै भन्नुपर्छ मैले क्याम्पस पढ्न आउनासाथ साहित्यकार रामप्रसाद उपाध्याय, तत्कालीन क्याम्पस प्रमुख गोविन्दप्रसाद गुरागाईं, प्राध्यापक सङ्घका तत्कालिन सभापति घनेन्द्र पौडेल र अधिवक्ता छवि वास्कोटासँग सङ्गत गर्ने मौका पाएँ । २०५७ साल भदौ महिनामा उहाँहरूमध्ये बास्कोटा प्रकाशक, पौडेल प्रधान सम्पादक, गुरागाई प्रमुख सल्लाहकार भएर साप्ताहिक पत्रिका प्रकाशनको सुरुवात भयो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्दाखेरी नै म र जगत थापाको नाम सदरमुकाम संवाददाता भनेर उल्लेख थियो । यही पत्रिकाले अब मेरो धोको पूरा गर्ला ? ऊर्जा र जिज्ञासासँगै उत्साह थपिँदै गयो । त्यही पत्रिकाको बिमोचन कार्यक्रममा तत्कालिन प्रमुख जिल्ला अधिकारी रत्नकाजी बज्राचार्यले पत्रकारलाई पाँडे गाली गरे । उनले पत्रकार भए नभएको समाचार चढाएर बढाएर लेख्ने जाति भन्दै निकै लामो बखाने भोलिपल्ट कान्तिपुर दैनिकमा समाचार छापिएर आयो ‘पत्रकार माथि सिडिओको आक्रोश ।’ त्यसको केही दिन नबित्दै पाँचथर जिल्ला अदालतमा बम बिष्फोट भयो भोलिपल्ट अपरान्ह कान्तिपुरले नै त्यो समाचारमा कभर ग¥यो । म पनि सानोतिनो पत्रकार त भइसकें तर यही समाचार मैले काम गर्ने पत्रिकामा एकसाता पछाडि, अनि काठमाडौँबाट आउनेमा आजको भोलि नै कसरी ? जिज्ञासा नै जिज्ञासाको खाल्डो मस्तिष्कमा निर्माण गर्दै लाग्यो । अव यहाँ छापिने पत्रिकामा मात्रै काम गरेर मेरो रहर पूरा हुँदैन । त्यसैले बाहिरबाट आउने पत्रिकाको संम्वाददाता बन्नै पर्छ । कुरा उ बेलाका पत्रकार र प्रविधिको उ बेला म आबद्ध रबि साप्ताहिक लेटर प्रेसमा छापिन्थ्यो । कान्तिपुर, नेपाल समाचारपत्र, हिमालय टाइम्ससहित झापासम्मबाट छापिएर आउने पत्रिका अपसेट प्रेसमा छापिएका केही उज्याला र आकर्षक देखिन्थे । एक दिन ट्राफिक प्रहरी कार्यलयभित्र छिर्दा पत्रिका नै पत्रिकाको बिटो भेटियो तत्कालिन ट्राफिक इन्चार्ज बलबहादुर तामाङलाई सोधँे यो कुन पत्रिका हो अनि कहाँबाट आएको ? ‘खै कस्को हो ? गाडीले ल्याएर छाडिदिन्छ लिन पनि कोही आउँदैनन । उहाँको जवाफ थियो । ‘ म एक बिटो पत्रिका बोकेर कोठातिर लागे खोलेर हेर्दा पत्रिकाको नाम विवेचना दैनिक, प्रधान सम्पादक नकुल काजी, मुख्य कार्यालय भद्रपुर झापा त्यही प्रिन्ट लाइनमा रहेको टेलिफोनमा नजिकै रहेको पिसिओमा गएर नम्बर दबाए फोन उठ्यो आफू पनि पत्रकार भएको र यो पत्रिकामा पाँचथर सम्वााददाता भई काम गर्ने कुरा व्यक्त गरेँ । त्यो गर्ने अनुमति प्राप्त भयो । काम सुरु गरियो । मसँग पहिल्यै १७०० मा खरिद गरेको यासिका क्यामेरा थियो । फोटो खिचेर धुलाउन बिर्तामोड पठाउनु पथ्र्यो । घटना भइहाले डेस्कमा फोन गरेर समाचार टिपाउनुपर्ने खोजमूलक, पुराना नहुने र फोटो सहितका फिचर कुरियर गरेर पठाउने चलन थियो । फ्याक्स मेसिन सरकारी कार्यालयमा सीमित थिए । समय बित्दै जाँदा म पनि कार्यक्रमहरूमा समाचार सङ्कलन गर्न जाने पत्रकारहरूको समूहमा परिचित हुँदै गए । यद्धपि अग्रजहरूबाट दैनिकजसो ममाथि बेग्लाबेग्लै प्रश्न गरिन्थे । तिमी पनि पत्रकार ? अनि रबि साप्ताहिकले कति पैसा दिन्छ ? विवेचनाले चाहिँ ? अर्को दिन फिदिमस्थित भण्डारी चिया पसलमा भेटिएका अर्का अग्रजले होच्याउने शैलीमा भने हामीले पत्रकारिता गर्दा गर्दै केश दा¥ह«ी फुल्न लाग्यो, तिम्रो त जुँगाको रेखी नै बसेको रहेनछ है ? दुई वर्षको अन्तरालमा टेलिफोनबाट समाचार टिपाउने र कुरियर गरेर पठाउने प्रविधिभन्दा केही सहज फ्याक्स मेसिनको उपलब्धता अलि सहज भयो । फिदिममा तिमल्सेना स्टोर्स र भेराइटिज स्टोर्समा फ्याक्स मेसिन भित्रिइसकेका थिए । ती मेसिनबाट पत्रिकालाई समाचार पठाउन केही सजिलो हुन थाल्यो । एकदिन चिया पिउँदै समाचार लेख्ने क्रममा अस्पताल मोडमा रहेको पाथिभरा गेष्ट हाउसका सञ्चालक काजीमान श्रेष्ठलाई फ्याक्स मेसिन राख्न अनुरोध ग¥यौँ । उहाँले सहजै स्विकार गर्नुभयो । विस्तारै त्यहाँ पत्रकारको अड्डा नै जम्न टोपी लगाएका । त्यसपछि मनमा कौतुहल जाग्यो पत्रकार …. तर कसरी त ? संयोग नै भन्नुपर्छ मैले क्याम्पस पढ्न आउनासाथ साहित्यकार रामप्रसाद उपाध्याय, तत्कालीन क्याम्पस प्रमुख गोविन्दप्रसाद गुरागाईं, प्राध्यापक सङ्घका तत्कालिन सभापति घनेन्द्र पौडेल र अधिवक्ता छवि वास्कोटासँग सङ्गत गर्ने मौका पाएँ । २०५७ साल भदौ महिनामा उहाँहरूमध्ये बास्कोटा प्रकाशक, पौडेल प्रधान सम्पादक, गुरागाई प्रमुख सल्लाहकार भएर साप्ताहिक पत्रिका प्रकाशनको सुरुवात भयो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्दाखेरी नै म र जगत थापाको नाम सदरमुकाम संवाददाता भनेर उल्लेख थियो । यही पत्रिकाले अब मेरो धोको पूरा गर्ला ? ऊर्जा र जिज्ञासासँगै उत्साह थपिँदै गयो । त्यही पत्रिकाको बिमोचन कार्यक्रममा तत्कालिन प्रमुख जिल्ला अधिकारी रत्नकाजी बज्राचार्यले पत्रकारलाई पाँडे गाली गरे । उनले पत्रकार भए नभएको समाचार चढाएर बढाएर लेख्ने जाति भन्दै निकै लामो बखाने भोलिपल्ट कान्तिपुर दैनिकमा समाचार छापिएर आयो ‘पत्रकार माथि सिडिओको आक्रोश ।’ त्यसको केही दिन नबित्दै पाँचथर जिल्ला अदालतमा बम बिष्फोट भयो भोलिपल्ट अपरान्ह कान्तिपुरले नै त्यो समाचारमा कभर ग¥यो । म पनि सानोतिनो पत्रकार त भइसकें तर यही समाचार मैले काम गर्ने पत्रिकामा एकसाता पछाडि, अनि काठमाडौँबाट आउनेमा आजको भोलि नै कसरी ? जिज्ञासा नै जिज्ञासाको खाल्डो मस्तिष्कमा निर्माण गर्दै लाग्यो । अव यहाँ छापिने पत्रिकामा मात्रै काम गरेर मेरो रहर पूरा हुँदैन । त्यसैले बाहिरबाट आउने पत्रिकाको संम्वाददाता बन्नै पर्छ । कुरा उ बेलाका पत्रकार र प्रविधिको उ बेला म आबद्ध रबि साप्ताहिक लेटर प्रेसमा छापिन्थ्यो । कान्तिपुर, नेपाल समाचारपत्र, हिमालय टाइम्ससहित झापासम्मबाट छापिएर आउने पत्रिका अपसेट प्रेसमा छापिएका केही उज्याला र आकर्षक देखिन्थे । एक दिन ट्राफिक प्रहरी कार्यलयभित्र छिर्दा पत्रिका नै पत्रिकाको बिटो भेटियो तत्कालिन ट्राफिक इन्चार्ज बलबहादुर तामाङलाई सोधँे यो कुन पत्रिका हो अनि कहाँबाट आएको ? ‘खै कस्को हो ? गाडीले ल्याएर छाडिदिन्छ लिन पनि कोही आउँदैनन । उहाँको जवाफ थियो । ‘ म एक बिटो पत्रिका बोकेर कोठातिर लागे खोलेर हेर्दा पत्रिकाको नाम विवेचना दैनिक, प्रधान सम्पादक नकुल काजी, मुख्य कार्यालय भद्रपुर झापा त्यही प्रिन्ट लाइनमा रहेको टेलिफोनमा नजिकै रहेको पिसिओमा गएर नम्बर दबाए फोन उठ्यो आफू पनि पत्रकार भएको र यो पत्रिकामा पाँचथर सम्वााददाता भई काम गर्ने कुरा व्यक्त गरेँ । त्यो गर्ने अनुमति प्राप्त भयो । काम सुरु गरियो । मसँग पहिल्यै १७०० मा खरिद गरेको यासिका क्यामेरा थियो । फोटो खिचेर धुलाउन बिर्तामोड पठाउनु पथ्र्यो । घटना भइहाले डेस्कमा फोन गरेर समाचार टिपाउनुपर्ने खोजमूलक, पुराना नहुने र फोटो सहितका फिचर कुरियर गरेर पठाउने चलन थियो । फ्याक्स मेसिन सरकारी कार्यालयमा सीमित थिए । समय बित्दै जाँदा म पनि कार्यक्रमहरूमा समाचार सङ्कलन गर्न जाने पत्रकारहरूको समूहमा परिचित हुँदै गए । यद्धपि अग्रजहरूबाट दैनिकजसो ममाथि बेग्लाबेग्लै प्रश्न गरिन्थे । तिमी पनि पत्रकार ? अनि रबि साप्ताहिकले कति पैसा दिन्छ ? विवेचनाले चाहिँ ? अर्को दिन फिदिमस्थित भण्डारी चिया पसलमा भेटिएका अर्का अग्रजले होच्याउने शैलीमा भने हामीले पत्रकारिता गर्दा गर्दै केश दा¥ह«ी फुल्न लाग्यो, तिम्रो त जुँगाको रेखी नै बसेको रहेनछ है ? दुई वर्षको अन्तरालमा टेलिफोनबाट समाचार टिपाउने र कुरियर गरेर पठाउने प्रविधिभन्दा केही सहज फ्याक्स मेसिनको उपलब्धता अलि सहज भयो । फिदिममा तिमल्सेना स्टोर्स र भेराइटिज स्टोर्समा फ्याक्स मेसिन भित्रिइसकेका थिए । ती मेसिनबाट पत्रिकालाई समाचार पठाउन केही सजिलो हुन थाल्यो । एकदिन चिया पिउँदै समाचार लेख्ने क्रममा अस्पताल मोडमा रहेको पाथिभरा गेष्ट हाउसका सञ्चालक काजीमान श्रेष्ठलाई फ्याक्स मेसिन राख्न अनुरोध ग¥यौँ । उहाँले सहजै स्विकार गर्नुभयो । विस्तारै त्यहाँ पत्रकारको अड्डा नै जम्न ठूला र अध्यावधिक भनिएका आम सर्वसाधारणले सामाजिक सञ्जाल वा आम सञ्चार माध्यममा राखिएका सामग्रीलाई आधारभूत स्रोत मानेर तथ्य भिडाएर प्रमाणित गर्दै प्रयोग गर्न थालिसकेका छन् । व्यवहारतः समय सापेक्ष प्रविधिको उपयोग गर्दै आम नागरिकले रुचाउने विषयवस्तुको उठान गर्न नसक्ने पत्रकारलाई समाजले पनि खोज्न छोडि सकेको छ । पछिल्लो पुस्तामा उदाएर वर्षौसम्म सञ्चार माध्यममा काम गरेका केही सञ्चारकर्मी जो आफैंले कुनै एक विषयमा रिपोर्टिङ गरेर समाचार लेख्ने सामथ्र्यसम्म राख्न छोडिसके भने केहीले तिनै सञ्चार माध्यमलाई प्लेटफर्मका रूपमा उपयोग गर्दै अनलाइन, यु टुव र आम सञ्चारका विभिन्न माध्यममा रोचक सामग्री पस्केर स्थापित भइरहेका छन् । यस अर्थ अब समाजमा हुने स साना कार्यक्रम र घटना दुर्घटनाका समाचार अध्यावधिक गर्न नागरिकले पत्रकारलाई खोज्दैनन् । कुनै कार्यक्रममा बोलाइ दिएनन् भनेर पत्रकारले आयोजकसँग ठुस्स पर्ने अवस्था पनि निक्कै दुर भइसक्यो । यस अर्थ अब सञ्चारकर्मीले प्रविधिलाई पछ्याउनै पर्ने अवस्था सिर्जना भइसक्यो । कुनैबेला क्षेत्र र राजधानीबाट सञ्चालन हुने सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई राष्ट्रिय स्तरको अनि मोफसलमा काम गर्नेलाई स्थानीय दृष्टिकोण बनाउँदै सोही अनुसारको व्यवहार गर्ने समाज पनि थियो र अहिलेसम्म त्यो मानसिकता छँदैछ । यद्धपि अब त्यो अवस्था पनि रहेन एकजना युटुवर अर्थात सर्व साधारण नागरिकले उत्तरदायी भएर कुनै विषयलाई उठान गरिदियो भने उसले सञ्चार माध्यमले पाउने भन्दा धेरै जस पाउँछ । यस अर्थमा अबको पत्रकारिता प्रविधिसँगै गरिनु जरुरी छ । परम्पागत सोच, परम्परागत व्यवहार र परम्पराकै निरन्तरतामा टिकिरहने हो भने अबका पत्रकारले आफ्नो विगतलाई सम्झँदै गर्व गर्न वा वर्तमान र भविष्य हेरेर हिनता बोध गर्नुपर्ने पक्का छ । एकताका एक सञ्चार माध्यम एक रिपोर्टर प्रायः जिल्लामा स्थापित थिए । राम्रो समाचार लेख्नेले रोजगारी पनि पाए । कमाइ पनि राम्रै गरे । यद्धपि पछिल्लो समय प्रविधिको तिब्रत्तर विकास सँगै अनलाइनमा प्रकाशन हुने सामग्रीको कपी पेष्ट प्रवत्ति मौलाउँदै जाँदा थोरै जनशक्तिले समाचार सामग्री चोरेरै पनि काम चलाउन थालिसकेको अवस्था छ । अझै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ लाई बहाना बनाउँदै पत्रकार विस्थापित गरेका सञ्चार माध्यम र सञ्चार गृहले प्रविधिकै प्रयोग गरेर संम्वाददाताहरूको भूमिकालाई खुम्च्याइदिए । उ बेला बिरलै पाइने चाइनिज रेकर्डर, यासिका क्यामेरा र टाइपराइटरको भन्दा कयौं गुणा गुणस्तरको काम एउटै मोवाइलले गर्न थालेको अवस्था छ । भीडियो लाइव गर्ने विभिन्न स्ट्रिमरहरूले आम सञ्चार माध्यममा सर्वसाधारणको पहुँच सुलभ बनाइसक्यो । त्यसकारण व्यवसायिक पत्रकारले आफूलाई समाज र सहकर्मीको नजरमा अब्बल सावित गरिराख्ने हो भने प्रस्तुतिमा टिकडम र र फाँइफुइभन्दा पनि प्रविधिमा दख्खल राख्नैपर्ने अवस्थालाई अवलम्वन गर्नैपर्ने जरुरी छ । पत्रकारितामा प्रविधि प्रयोगका लागि पेशागत सङ्गठनको भूमिका पाँचथर जिल्लामा २०४० को दशकबाटै पत्र पत्रिका प्रकाशनको सुरुवात भएको इतिहास छ । प्रारम्भमा छापिएका पत्रिका लेटरप्रेसमा छापिन्थे केही पत्रकारहरूसँग आफू आबद्ध पत्रिका आफैंले प्रेसको पाइडल मारेर छापेको स्मरण पनि ताजै हुनुपर्छ । २०६० सम्म आइपुग्दा यहाँबाट प्रकाशन हुने पत्रिका झापा र इलामसम्म लगेर अफसेटमा छाप्न थालियो । २०६४ सालमा जिल्लामा पहिलो पटक रेडियो स्थापना भयो । हाल जिल्लामा सञ्चालन रहेका र ६ वटा रेडियो छन् । अधिकांश सस्थाले अनलाइन सस्करण पनि सञ्चालन गरिरहेका छन् । आम सञ्चारका विभिन्न माध्यममा जोडिएर काम गर्ने पत्रकारहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गए पनि प्रविधिको प्रयोग भने थोरैले मात्रै गरेको पाइन्छ । नेपाल पत्रकार महासङ्घको तथ्याङ्क हेर्दा यहाँ प्रत्येक ३ वर्षमा २० जनाको हाराहारीमा नया सदस्यता थपिएका छन । ९० जनाको हाराहारीमा सदस्य सङ्ख्या पु¥याएको महासङ्घको पाँचथर शाखाले अब समय सापेक्ष तालिमका कार्यक्रम सञ्चालन गर्नेतर्फ ध्यान दिन अवेर भइसकेको छ । महासङ्घसँगै पत्रकारका अन्य सङ्गठनहरूले पत्रकारलाइ पनि अधिवेशनका लागि भोट बैङ्कका रूपमा मात्रै होइन व्यवसायिक रूपमा टिकाइराख्न, अडियो र भिजुअलसँगै डिजिटल प्रविधिका आधारभुत र एड्भान्स तालिम सञ्चालन गर्नु जरुरी छ । हुन त जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सिक्न खोज्नेलाई अहिले युटुवसहित गुगल सर्चका माध्यमहरू पनि पर्याप्त छन ती विधिको उपयोग गर्नका लागि मात्रै सहजीकरण गरिदिने हो भने पत्रकारले रिपोर्टिङसँगै मानवीय अभिरुचिका विभिन्न सामग्री तयार गरेर सार्वजनिक गर्न सक्छन् । त्यसैले अवको पत्रकारिता प्रविधिसँगै गर्नु जरुर देखिएको छ ।
(पूर्व अध्यक्ष पत्रकार महासङ्घ, पाँचथर)
अनुभव र अनुभूति
अनुभव र अनुभूति

तपाईको प्रतिक्रिया