अस्तीको कुरा हो, वीरगञ्जका एकजना व्यवसायीलाई कोभिड–१९ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन माध्यमले तत्काल गल्ती भो भन्नु प¥यो । रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफनो पोष्ट डिलिट गर्नुप¥यो । यसले देखाउँछ– विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरु बेला जस्तो किन गल्ती हुन पुग्यो वा फलानो कारणले गल्ती हुन गएको भनेर घुमाउरो पारामा आफनो बचाउ गरेर खण्डन गर्न पनि पाउनुहुन्न । मान्छेको जीवन सङ्कटमा परेको क्षण हो यो । यस्तो बेला जीवन र जगतका वारेमा अरुले के भन्छन् भनेर साह्रै धेरैले ध्यान दिइरहेका हुन्छन् । पत्रकारमाथि त यस्तो बेलामा समाजको ध्यान तानिने नै भयो । त्यसैले अरु बेला ‘हतारको साहित्य’ भनेर छिटफुट गल्तीमा आँखा चिम्लिने समाजको चेतनशिल तप्का पनि यस्तो बेलामा पत्रकारका गल्ती कमजोरीमा प्रश्न गर्न अघि सरिहाल्छ । अहिले मानिसहरू एकान्तवासमा छन् तर उनीहरू एक्लै छैनन् । प्रविधि छ र थप समय पनि । छापा र इन्टरनेटको बाटो भएर उनीहरूका हातहातमा पुग्ने समाचार, विचार, कार्यक्रम र सम्पादकीय टिप्पणीहरू झन् चर्को निगरानीमा छन् । तपाईं हामी कति परीक्षणयुक्त तथ्य र विशेषज्ञसम्म पुगेर विचार दिन्छौँ भनेर मानिसहरू हेरेर बसेका छन् । पत्रकारले दिने समाचार र विचार माथि विवेक प्रयोग गर्ने र विवेचना गर्नसक्ने सामथ्र्य भएको जनशक्ति समाजको हर क्षेत्रमा छ । यस्तो अवस्थामा समाचार‘ब्रेक’ गर्ने वा ‘सेयर’ गर्ने हतारो पछाडिका कारण बुझिनसक्नु छ । नेपालमा कोभिड–१९ संक्रमित फेला प¥यो भन्ने समाचार राम्ररी पुष्टिसमेत नगरी ‘ब्रेक’ गर्न हतारिनुको अर्थ के ? कुनै बाढी, आँधी वा पहिरो आउन आँटे जस्तो समाचार हो र यो ? जसलाई तत्कालै ब्रेक गर्न सके अरुको जीवन जोगाउन सकिन्छ भनेर हतारो गर्नलाई । तत्कालै अरु मानिसको जीवन जोगाउने मामिला वा समाजलाई तत्कालै सजग नगराउँदा ठूलो क्षती हुने विषय र त्यो समाचारले ठूलो सार्वजनिक स्वार्थको रक्षा गथ्र्यो भने पनि तथ्य परीक्षण नगरी समाचार दिने छुट
हामी पत्रकारलाई थिएन र छैनन् । त्यसमा पनि भारतको कुनै अस्पतालमा उपचाररत व्यक्तिमा कोभिड–१९ भेटियो÷भेटिएन भन्ने समाचार दिन हामी किन त्यतिविध्न हतारिएका हौँ, थाहा छैन । सामान्य अवस्थामा लागु हुने पत्रकारिताको ब्याकरणको पालना यस्तो बेलामा झन् मसिनोसँग गरिनु पर्छ । दिन लागेको सूचनाको समर्थन गर्ने प्रमाण मसँग के छ भनेर एक पल्ट घोत्लिनै पर्छ । जस्तो कि मसँग कागजी प्रमाण के छ ? कोभिड–१९ भएको देखाउने अस्पतालको परीक्षण रिपोर्ट छ ? ल त्यो छैन, सबै बेला यस्तो कागजात उपलब्ध हुँदैन पनि । त्यस्तो अस्पतालको परीक्षण गर्ने विशेषज्ञले त्यो सूचना पुष्टि गरेको छ ? त्यो पनि भएन, अस्पतालको सूचना अधिकारीले त्यसबारे तपाईं र मलाई पुष्टि हुने केही कुरा भनेका छन्? ल त्यो पनि भएन तपाईं मेरो बिश्वासिलो सम्बन्ध भएको अस्पताल स्रोतले नाम बताउन नसक्ने शर्तमा त्यो सूचना दिएको हो? ल अस्पतालले दिएन । सम्बन्धित व्यक्ति, परिवारका सदस्य अनि आफन्त कसैले यस वारेमा तपाईं र मसँग ‘ कोट’ गर्न मिल्नेगरी कुरा गरेका छन् ? सम्बन्धित कागजात देखाएका छन् ? यस बाहेक आधिकारिक निकायहरू, मन्त्रालय, विभाग, कार्यालय, सूरक्षा निकाय कत्तैबाट पुष्टि हुने कुनै सूचना वा सङ्केत भेटिएको छ ? कहिलेकाहीँ यी निकायभन्दा पनि बाहिरबाट पनि महŒवपूर्ण सूचना पाइन्छ । नेपालमा अड्डा जमाएर बसेका संयुक्त राष्ट्र सङ्घ र यसको वरपर सम्बन्ध भएका अन्तराष्ट्रिय सङ्घसंस्थाले पो यस्तो सूचनाको गन्ध पाएका छन् कि ? किनकि कतिपय बेला नेपाल सरकारका मन्त्रालयलाइ थाहै नभई महŒवपूर्ण सूचना यस्ता निकायहरूलाई थाहा हुन्छ । तपाईं र मलाई समाचार बन्न सक्ने सूचना यिनले दिएका हुन्? तपाई मलाई माथिका कसैले पनि कागजात दिएर, आफैले बोलेर वा यी दुई अवस्था नभएको भनेर नाम उल्लेख गर्न नसक्ने भनेर कानेखुशी गरेर सूचना दिएको अवस्थामा बाहेक हामी आफँै जान्ने भएर थप परीक्षण नगरी समाचार लेख्न वा कार्यक्रम बनायौँ भने हाम्रो हालत वीरगञ्जका व्यवसायीलाई कोभिड–१९ र रुसका शहरमा पुटिनका सिंह जस्तो हुनपुग्छ । अहिले मानिसका मनमा नानाथरी प्रश्नहरू छन् । के ग¥यो भने कोरोना सर्छ÷के गरे सर्दैन ? यस्तो बेलामा गर्न हुने काम के हो ? गर्न नहुने काम के हो ? खाने के, नखाने के ? सही के, गलत के ? यी के के को प्रश्नले थिलथिलो भएको मथिङ्गलमा पत्रकारले हालिदिने समाचार वा विचारले उसलाई थप अन्यौल बनायो भने सामाजिक सञ्जालमा मनखुशी हल्ला गर्ने व्यक्ति र व्यवसायिक पत्रकारका बीच भिन्नता छुटिदैन । हल्लाहरूको सत्यता परीक्षण अहिलेको एउटा चुनौती हो । केही समययता कुनै कुरा ‘भाइरल’ हुनासाथ त्यो सत्य हो÷होइन भनेर परीक्षण गर्ने काम हामीकहाँ पनि सुरु भएको छ । यद्यपि हामी त्यो काममा अभ्यस्त भइसकेका भने छैनौँ । बलियो आधार प्रमाणबिना समाचार लेखियो भने पनि अन्तिममा फस्ने पत्रकार मात्रै हो । समाचार गलत सावित भएपछि अरु सवै पानीमाथिका ओभानो हुन्छन् । कुनै एकजनासँगको कुराकानीमा मात्रै आधारित भएर लेखेको समाचारमा सम्बन्धित व्यक्तिले ‘मैले त यस्तो हल्ला छ बुझेर लेख्नु भनेको थिएँ’ भनेपछि ऊ जोगियो । फस्ने त यस्ता व्यक्तिलाई मात्रै भर गरेर समाचार लेख्ने पत्रकार नै हो । त्यसैले सङ्कटको बेला कागजात, अन्तर्वार्ता र सूत्रको प्रयोगमा पत्रकारले झन् होसियारी अपनाउनुपर्छ ।
कोभिड १९ र प्रेसः हल्लाहरूको सत्यता परीक्षण
कोभिड १९ र प्रेसः हल्लाहरूको सत्यता परीक्षण

तपाईको प्रतिक्रिया