मिति ः २०८०÷०१÷२०
पं.स
विषय ः नोट ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा २०८० बैशाख २० गते विभिन्न पत्रकारका संगठनका अध्यक्ष तथा प्रतिनिधि, पूर्व अध्यक्षहरु सहितको बैठकबसी शुद्धिकरण लगायका विभिन्न बिषयमा छलफल भई निर्णय गरिएको छ ।
निर्णयहरु ः
– केन्द्रीय समितिबाट प्राप्त सदस्यता शुद्धिकरण मापदण्ड–२०७९ बारे जानकारी दिएर कार्यन्वयनका लागि छलफललाई निरन्तरता दिने ।
२, पत्रकारिता क्षेत्रमा नरहेका तथा शुद्धिकरण कार्यविधिले सदस्य रहिरहन नमिल्ने ब्याख्या गरेका साधारण सदस्यहरुलाई २०८० जेठ– ५ गतेसम्ममा स्वेच्छिक सदस्यता त्यागको स्वः घोषणा गर्न अनुरोध गर्ने निर्णय गरियो । सदस्यता त्याग गर्नेलाई स–सम्मान विदाई गरिने छ ।
– २०८० जेठ–१० गतेलाई समयसिमा तोकेर नयाँ सदस्यता आव्हान गर्ने ।
– शुद्धिकरणको सन्दर्भलाई ख्याल गर्दै २०८० बैशाख ३० गते मिक्लाजुङ गाँउपालीकोको आतिथ्यतामा रवि बजारमा प्रादेशिक भेला आयोजना गर्ने निर्णय गरियो । सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता वितरणमा प्रदेशभरी एकरुपता कायम गर्न बैठकमा प्रदेश समिति, प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र शाखाका अध्यक्ष तथा सचिव सहभागी हुने ।
………………..
गिरिराज बाँस्कोटा
अध्यक्ष
