मिति ः २०८०÷०१÷२०
विषय ः सदस्यता त्यागको स्वः घोषणा गर्न अनुरोध ।
प्रस्तुत बिषयमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा जिल्लामा रहेका पत्रकारका संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व अध्यक्ष सहितको २०८० बैशाख–२० गते बसेको बैठकले केन्द्रिय समितिबाट जारी ‘नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड २०७९’ (धधध।ालवउबलअजतजबच।यन मा हेर्न सकिने छ ) मा रहेर पत्रकारितामा नरहेका सदस्यहरुलाई स्वेच्छिक साधारण सदस्यता त्यागको स्वः घोषणा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी गराउँदछु ।
पत्रकारितामा सक्रिय नरहेका, राजनीतिक दलको कुनैपनि समितिको पदाधिकारी रहेका, जनप्रतिनिधि, नेपाल सरकारको स्थायी अस्थायी र करार सेवाका कर्मचारी, कहिलेकाहि मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी, ६ महिनाभन्दा लामोसमयदेखि विदेशमा रहेका, राजनीतिक दलकोकुनैपनि समितिमा सक्रिय रहेका महासंघ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय भएकोले साधारण सदस्यहरुलाई २०८० जेठ ५ गते भित्रमा स्वेच्छिक रुपमा सदस्यता त्यागको स्वः घोषणा गर्नका लागि अनुरोध गर्दछौँ । सो अवधिमा स्वः घोषणा गर्ने सदस्यहरुलाई स–सम्मान बिदाई गर्ने जानकारी गराउँदछौँ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को कार्यान्वयन केहि महिना भित्रमै हुने जानकारी समेत गराउँछौँ ।
………………..
गिरिराज बाँस्कोटा
अध्यक्ष
