
मिति ः २०८०÷०१÷२०
विषय ः सदस्यता आव्हान गरिएको सम्बन्धमा ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखामा जिल्लामा रहेका पत्रकार संगठनका प्रतिनिधि तथा पूर्व अध्यक्षसहितको मिति २०८० साल बैशाख–२० गते बसेको बैठकको निर्णय, नेपाल पत्रकार महासंघ विधान २०६० (पाँचौ संशोधन २०७५)को परिच्छेद–२ को ५ (१), सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ अनुसार नँया सदस्यता आवेदन खुल्ला गरिएको हुनाले योग्यता पुगेका ब्यक्तिले मिति २०८० जेठ १० गतेसम्ममा आवश्यक कागजपत्र सहित आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
नयाँ सदस्यताकालागि आवश्यक कागजातः
१, तोकिएको ढाँचामा निवेदन । (निवेदन www.fnjpanchtar.org बाट डाउनलोड गर्न सकिने छ ।)
२, नागरिकताको प्रतिलिपि
३, आवद्ध सञ्चार संस्थाको नियुत्ती पत्र
४, कार्यरत सञ्चार संस्थाको सिफारिस पत्र
५, हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प्रति
६, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेको विवरण खुल्ने कागज, समाचारको प्रकाशन÷प्रशारण भएको प्रमाण पत्र सहितको सामग्री
नोट ः दलित, महिला, आदिवासी जनजाती, मुस्लिम, अपांगता वा अन्य पहिचान भएका ब्यत्तिको हकमा पत्रकारितामा एक वर्षदेखि क्रियाशिल रहेको हुनुपर्ने छ ।
७, नेपाल सरकारवाट मान्यता प्राप्त शैक्षिक संस्थावाट न्यूनतम प्लस टु उर्तीण वा सो सरहको शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरु
८, विधान वमोजिमका कागजात
मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको हकमा नयाँ सदस्यता पनि नदिने नीति रहेको छ । जनप्रतिनिधि, निजामती स्थायी, अस्थायी, करार कर्मचारी सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक,फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने नीति रहेको छ ।
गैर पत्रकारले आवेदन गर्ने दुखः नगर्नु होला ।
………………..
गिरिराज बाँस्कोटा
अध्यक्ष
