च.न. मिति : २०८३/०१/२७
प्रेस बिज्ञप्ति
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको हालै सम्पन्न कार्यसमितिको बैठकले देशको पछिल्लो राजनीतिक परिवर्तनपछि पत्रकारिता क्षेत्रमा परेको प्रभाव, महासंघको गतिबिधि तथा जिल्लामा पत्रकारिताको अवस्थालगायत बिविध बिषयमा समिक्षा गर्दै महासंघको बार्षिक साधारण सभा तथा बिभिन्न चार बिधाका पत्रकारिता पुरस्कारहरु प्रदान गर्ने निर्णय गरेको छ ।
१) नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र बमोजिम पाँचथर शाखाको बार्षिक साधारण सभा मिति २०८३ जेठ १० गते आईतबारका दिन पाँचथर सदरमुकाम फिदिममा आयोजना गर्ने निर्णय गरियो । साधारण सभाको अवसरमा “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार”, “फिदिम नगर बिकास पत्रकारिता पुरस्कार”, “स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार” र “स्व. हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कर” प्रदान गर्ने निर्णय गरियो । पुरस्कृत हुनुहुने पत्रकारहरुको नाम २०८३ जेठ २ गते शनिबार बस्ने कार्यासमितिको बैठकपछि सार्बजनिक गरिनेछ ।
२) शाखाले आव्हान गरेको समयभित्र सदस्यता नवीकरण गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई साधारण सभामा अनिवार्य उपस्थितिका लागि महासंघ हार्दिक निमन्त्रण गर्दैछ । बि.सं. २०८३ सालको सदस्यता नवीकरण गर्न बाँकी सदस्यहरुले महासंघको बिधान २०६० (पाँचौ संशोधन २०७५) को परिच्छेद २(ख) बमोजिम सदस्यता नवीकरण गरी साधारण सभामा सहभागी हुन् अनुरोध छ ।
………………………..
भीमकुमार बाँस्कोटा
अध्यक्ष
