नेपाल पत्रकार महासंघ पाँचथर शाखामा आवद्ध ८३ जना पत्रकारहरुको दुर्घटना विमा गरिएको छ । शाखाका साधारण सदस्यहरुको निशुल्क दुर्घटना विमा गरीएको हो । ७ लाख रुपैँया बराबरको दुर्घटना बिमा गरीएको छ । अडोज इन्सोरेन्स काठमाण्डौँसँग शाखाले विमाको सम्झौता गरेको हो । सदस्यहरुको सामुहिक बिमा गरिएको हो । पाँचथर शाखा कार्यसमिति २०७८ भदौँ १४ गते बसेको बैठकले पत्रकारको दुर्घटना विमा गर्ने निणर्य गरेको थियो ।
पत्रकारको विमाका बापतको विमा शुल्क १ नम्बर प्रदेश पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले व्यहोरीदिएका छन् ।