पाँचथरमा बामे सर्दै गरेको पत्रकारिता पछिल्लो कालखण्डमा पत्रकार र पत्रकारिता खारिँदै गएको पाइन्छ । व्यवसायिकताको धर्म, क्षण अवस्थामा पुग्ने त हैन भन्ने प्रश्न उठ्न सक्छ । यदाकदा देखा नपरेको पनि होइन । समाज रूपान्तरणको पहिलो आधार नै आमसञ्चार जगत आज आएर व्यवसायिकतामा फड्को मार्दै गरेको पाइन्छ । चस्स ! सम्झनु पर्दा, नेपालमा चलेको तत्कालीन सशस्त्र द्वन्द्वले चरम उत्कर्षको अवस्थालाई राम्ररी च्याएको पाइन्छ । कलमहरू त कति भाँचिए , खोट लगाइए र भोगियो पनि । पत्रकार र पत्रकारिता लोकतन्त्रका खम्वाहरू हुन् । वर्तमान अवस्थामा जहाँ रहेर पनि भय रहित निष्पक्षता, सत्य तथ्य, निर्भिक, निडरता र जवाफदेहिताको अझै आवश्यकता देखिएको छ । अहिलेको अवस्थामा पनि समाजले पत्रकार चिन्न नसकिरहेको अवस्था आलै छ । विगतलाई सम्झँदा पाँचथरको आमसञ्चार जगत वर्तमान अवस्थामा विकसित भएको पाइन्छ । द्वन्द्वपछि पाँचथरमा सञ्चार क्षेत्रको विकास सँगै भौतिक पूर्वाधारमा उच्च प्रगति भएको छ । तत्कालीन अवस्थामा सशस्त्र
द्वन्द्वको अघि र पछि पत्रकारिता र भौतिक विकास अन्योलको अवस्थामा थियो । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै सङ्घीय प्रदेशको अधिकार लिन पत्रकार महासङ्घ सफल भएको देखिन्छ । स्थानीय सरकारमार्फत आज पत्रकार महसङ्घको भौतिक भवन निमाणर् भएको छ । विकासक्रमलाई उल्लेख्य रूपमा लिन सकिन्छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङवोले भवन निमाणर्लाई अतुलनीय योगदान गरी इतिहास छाडनुभएको नकार्न सकिँदैन । त्यस्तै फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले भोकचलनका लागि जग्गा दिएर महासङ्घलाई अशं दिने बाबु बन्नुभएको छ । पत्रकारिताको चुनौती पनि त्यति नै गहन छ । चरमोत्र्कषमा पुगेको तत्कालीन राज्य र गैरराज्य बीचको द्वन्द्वको चपेटाबाट केही अधिकारकर्मी र पत्रकारहरू अछुतो रहेनन । द्वन्द्वको सङ्गिन घडीमा पत्रकार महासङ्घको सभापतिको जिम्मेवारी वहन गरिरहँदा मौलिक हक भित्रका सूचना मानव अधिकार रक्षार्थ कार्यसमितिका सबै क्रियाशील पत्रकार र नागरिकबीच महŒवपूणर् भूमिका निभाएको ठानेको छु । यो भूमिकालाई छिमेकी जिल्ला र पाँचथरे नागरिकहरूले भुलेका छैनन् । पत्रकार र अधिकारकर्मीहरू द्वन्द्वको निशाना र साक्षी
बनेर पाँचथरे पत्रकारहरूले अक्षुण भूमिका निर्वाह गरी इतिहास कायम राखेका छन् । अन्त्यमा पत्रकारितालाई आउने नव पिढीहरूले अवसर र चुनौतीसँगै नयाँ युग र प्रविधि युक्त व्यवसायीकरणतिर लम्कन आग्रहसमेत गर्दछु ।
(पत्रकार महासघं पूर्व सभापति, पाँचथर फिदिम नगरपालिका २ पल्लोटार)
पत्रकारिता र चुनौतिको अवस्था
पत्रकारिता र चुनौतिको अवस्था
