नेपाल पत्रकार महासंघ पाँचथर शाखाको २०७८ भदौँ–१४ गते बसेको कार्यसमितिको बैठकले अबको दुई आर्थिक बर्षलाई तालिम बर्षको रुपमा विकास गर्ने निर्णय गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ र २०७९÷८० मा पत्रकारको क्षमता विकासमा जोड दिने उद्देश्य सहित तालिम बर्ष बनाउन लागिएको हो ।
विभिन्न तालिमहरु सञ्चालन गर्दै शाखाका सदस्यहरुको गुणस्तर वृद्धि गर्ने लक्ष राखिएको छ । खोज पत्रकारिता, फिचर लेखन, फोटो पत्रकारिता, वातावरण पत्रकारिता, मल्टीमिडियाको विभिन्न महत्पूर्ण तालिम सञ्चालन गर्ने शाखाले निर्णय गरेको छ । स्थानीय तह, प्रदेश तथा संघिय सरकार, पत्रकार महासंघ, पत्रकारको क्षमता विकासका कामगरिरहेका संघसंस्था र गैर सरकारी संघ संस्थासँग मिलेर यो कार्यक्रम सफल गर्ने शाखाले निर्णय गरेको छ ।
विभिन्न क्षेत्रका विज्ञ सम्मीलित तालिमहरु सञ्चालन गर्ने तयारी भएको छ ।
दुई आर्थिक बर्ष ‘तालिम बर्ष’
दुई आर्थिक बर्ष ‘तालिम बर्ष’

तपाईको प्रतिक्रिया