पाँचथर– नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तीन दिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । महासंघको तालिम बर्ष कार्यक्रम अन्तर्गत मिक्लाजुङ गाँउपालीकाको आर्थिक सहयोगमा तालिम आयोजना भएको थियो ।
बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्किले फोटो पत्रकारिता सम्बन्धी तालिम दिएका थिए । पाँचथरका २३ जना पत्रकार तालिममा सहभागि भएका थिए ।
तालिमको समापन समारोहमा बोल्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारको क्षमता विकासका लागि भईरहेका तालिमले आगामि दिन थप गुणस्तरीय सामाग्रि तयारी गर्न सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गानाले प्रदेश समितिमार्फ्त पनि तालिम लगायतका कार्यक्रम अघि बढाउने बताए ।
प्रशिक्षक चन्द्रशेखर कार्किले तीन दिनको तालिम निक्कै श्रृजनशिल भएको बताए । आगामी दिनमा फोटो पत्रकारिता सम्बन्धी थप ज्ञान अभिवृद्धि गर्न सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पाँचथर शाखाका पूर्व सभापति कृष्ण ओझा, लक्ष्मी गौतमले धारणा राखेका थिए । सरोज शर्माले सञ्चालन गरेको कार्यक्रममा सह–सचिव प्रिय योङहाङले स्वागत गरेका थिए । तालिममा सहभागिको तर्फबाट युधिष्टिरराज आमगाई र सरला रेग्मीले अनुभव सुनाएका थिए ।