नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा पाँचथर शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधवार विहान महासंघको कार्यालयमा पत्रकारिताका क्षेत्रको विकास र महासंघले आगामि दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङगानाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष ढुङगानाले पत्रकारको क्षमता विकाससँगै संस्थागत विकास, पेशागत सुरक्षाका लागि शाखाहरु विभिन्न कामहरु अघि सार्नु पर्ने बताएका थिए ।
कार्यक्रममा शाखाका पूर्व सभापति प्रेम ओझाले गुणात्मक सामाग्रि तयार गर्नका लागि पत्रकारले महेनत गर्नु पर्ने बताएका थिए । गुणस्तरी स्टोरी तयार गर्नका लागि पत्रकारहरुको क्षमता विकासमा ध्यान दिनु पर्ने उनको भनाई थियो ।
पूर्व सभापति तथा गोरखापत्र बोर्डका सदस्य कृष्ण ओझाले आगामि दिनमा कसरी अघि बढ्ने भन्ने तर्फ ध्यान दिनु पर्ने बताएका थिए । पत्रकारको ध्यान कसरी राम्रा समाचार सामाग्रि बनाउने भन्ने तर्फ हुनु पर्ने उनको भनाई थियो । शाखाका पूर्व अध्यक्ष लक्ष्मी गौतमले यस प्रकारका छलफल बाक्लो गरि हुनु पर्ने धारणा राखे । नागरिक संस्थाहरुको सक्रियाता बढाउनुपर्ने उनको सुझावा थियो ।
कार्यक्रममा केन्द्रीय परिषद सदस्य विपेन्द्र गौतम, पूर्व उपाध्यक्ष विजयबोध लावती, प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारी, प्रेस चौतारी पाँचथरको उपाध्यक्ष दुर्गा खनाल, प्रदेश सभा सदस्य खविन लुईटेल, सरला रेग्मी, पत्रकार दिपक बोहोरा, विष्णु अधिकारी लगायतले धारणा राखेका थिए ।
शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका सहसचिव प्रिय योङहाङले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष सरोज शर्माले सञ्चालन गरे ।