नेपाल पत्रकार महासंघ पाँचथर शाखाको अनुरोधमा सूचना तथा प्रसारण विभागले पाँचथरमा घुम्ति शिविर सम्पन्न गरेको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्यम दर्ता सम्बन्धी सिविर सञ्चालन भएको हो ।
बैशाख १४ र १५ गते नेपाल पत्रकार महासंघ पाँचथर शाखामा शिविर सञ्चालन भएको थियो । शिविरबाट पाँचथर, ताप्लेजुङ र तेह्थुमका पत्रकारले सेवा लिएका थिए ।
उक्त शिविरमा ४१ जनालाई प्रेस पास गरी गरिएको थियो । त्यस्तै, ३१ जनाको नविकरण, ३ वटा अनलाईन दर्ता, २ वटा अनलाईन नविकरण गरिएको थियो । दुई जनाको अनुभव प्रमाणित गरिएको थियो भने ३ जनालाई प्रेस पासको प्रतिलिपि प्रदान गरीएको थियो ।
विभागका निर्देशक भरत गौतम, अधिकृत दिनेश राई सहित अधिकार बुढा, खगेन्द्र कार्कीले सेवा प्रदान गरेको थियो । पाँचथर शाखाले विभागको टोलीलाई धन्यवाद र विदाई गरेको थियो । यस्तै ताप्लेजुङ शाखाले पनि विदाई गरेको थियो ।
सिविरको अवसमार अनलाईनका बाध्यमबाट प्रेसपास बनाउने, नविकरण गर्ने, अनलाई तथा नविकरण सम्बन्धी सिप समेत प्रदान भएको थियो ।