नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई सम्मान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रका लागि पत्रकारिताको माध्यमबाट अनवर लागिरहेका झालाई शाखाले स्वतन्त्रता सेनानी सम्मान दिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले लगायतले झालाई उक्त सम्मान प्रदान गरेका थिए ।
सोहि सम्मानका साथ ३३ हजार ३ सय ३३ रुपैँया नगद सहित झालाई पुरस्कृत गरीएको थियो ।
उक्त समारोहमा फिदिम स्र्पोटिङ क्लबले पत्रकार महासंघ पाँचथर शाखाको समन्वयमा प्रदान गर्ने स्व. प्रजापति–जालपादेविख खेलकुद पत्रकारिता पुरसकारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयवोध लावती पुरस्कृत भएका छन् । १० हजार रुपैँया नगदरासि सहित उनलाई पुरस्कृत गरीएको हो ।
यस्तै, स्व. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट मितेरी एफएमका स्टेशन म्यानेजर खविन लुईटेल पुरस्कृत भएका छन् । यो पुरस्कारको रासि ५ हजार ५ सय ५५ रुपैँया रहेको छ ।

शाखाले चालु आर्थिक बर्षमा जिल्लामा रहेर उत्कृष्ट फिचर र फोटो प्रकाशित गर्ने पत्रकारलाई समेत पुरस्कृत गरेको छ । फिचर तर्फ लक्ष्मि गौतम र फोटो तर्फ रविन्द्र काफ्ले उत्कृष्ठ भएका छन् । उनीहरुलाई ५÷५ हजार रुपैँयाको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्थानीय सरकारले पत्रकारको क्षमता विकासका लागि नीति बनाउने पर्ने धारणा राखेका थिए । ‘सानोतिनो सहयोग गरेजस्तो गरेर पत्रकारको वृत्ति विकासमा सहयोग हुदैन’ पोखरेलले भने ‘सरकाले पत्रकारलाई कार्वाहि गर्ने कानुन बनायो तर क्षमता विकासका लागि लगानी गरेन ।’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले पत्रकारले सार्वजनिक निकायलाई सधै खवरदारी गर्नु पर्ने बताएका थिए ।
फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्लेले पत्रकारिता क्षेत्रको विकासका लागि आफूले भुमिका खेल्ने बताएका थिए ।
लोकतन्त्रलाई दरविलो बनाउन पत्रकारिता क्षेत्रले महत्पूर्ण भुमिका निर्वाह गरेको झाको भनाई थियो ।
पाहुनाहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुंगाना, नेपाल पत्रकार इलामका अध्यक्ष बिप्लव भटराईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतम, तेह्थुम शाखाका अध्यक्ष अमृत बास्तोलाको उपस्थिति थियो ।
शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राधा गौतमले स्वागत गरेकी थिईन ।
कोषाध्यक्ष सरोज शर्माले सम्मानीत तथा पुरस्कृतको व्याक्तित्व चर्चा गरेका थिए भने सचिव रामचन्द्र तामाङले सञ्चालन गरे ।
