पाँचथर– वातावरण तथा बन्यजन्तू संरक्षण पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको कार्यालयमा सम्पन्न तालिममा पाँचथर, इलाम र ताप्लेजुङका १४ जना पत्रकार सहभागि रहेका थिए । पत्रकारलाई दुई दिनसम्म मोहन मैनालीले तालिम दिएका थिए ।

रेड पाण्डा नेटवर्ककको सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखा र श्री दीप ज्योती युवा क्लबको आयोजनामा तालिम सञ्चालन भएको थियो ।
तालिमको समापन कार्यक्रममा जिल्ला न्यायधिस टिकेन्द्र दाहाल, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गाना, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम र शाखाका पूर्व सभापति प्रेम ओझाले मन्तव्य राखेका थिए ।
शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले स्वागत मन्तव्य राखेका थिए भने शाखाका सचिव रामचन्द्र तामाङले सञ्चालन गरेका थिए ।

तालिममा सहभागिलाई फेलोसिप प्रदान गरिने छ । रेडपाण्डा संरक्षण र वातावरण सम्बन्धी समाचार प्रकाशन, प्रशारण भएपछि रकम प्रदान गरिने छ ।
