पाँचथर– नेपाल पत्रकार महासंघ पाँचथर शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरेका थिए । उनले पानसमा बत्ति बालेर साधारण सभाको उद्घाटन गरेका थिए ।

साधारण सभाको अवसरमा शाखा कार्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । यसका साथै पूर्व सभापति तथा अध्यक्षहरुलाई सम्मान गरिएको थियो । पूर्व सभापति÷अध्यक्ष श्याम विक्रम पराजुली, प्रेम ओझा, कृष्ण ओझा, लवदेव ढुङ्गाना, लेखनाथ शिकारु, लक्ष्मी गौतमलाई सम्मान गरीएको हो ।
साधारण सभाकै अवसरमा शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट विमोचन गरिएको थियो । इलाम, पाँचथर र ताप्लेजुङका १३ जना पत्रकारलाई वातावरण सम्बन्धी फेलोसिप दिईएकोमा पाँचथरका नौँ जनालाई चेक हस्तान्तरण गरिएको थियो । दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले उक्त चेक हस्तान्तरण गरेका थिए ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि मन्त्री आङ्बो पत्रकारको क्षमता विकास, पूर्वाधार विकासमा निरन्तर सहयोग पु¥याउने बताएका थिए ।
कार्याक्रम जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालीकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश प्रतिनिधि तोयानाथ भटराई, पूर्व सभापति प्रेम ओझा, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे, प्रेस युनियनका अध्यक्ष जितेन्द्र भण्डारी, प्रेस चौतारीका अध्यक्ष रविन्द्र काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शाखा उपाध्यक्ष राधा लुईटेलले र सञ्चालन शाखा सचिव रामचन्द्र तामाङले गरेका थिए ।
साधारण सभाले साधारण सभाले क्षमता विकासका कार्यक्रमको निरन्तरता, कोषवृद्धि, इ लाईबेरी, मिडिया सम्मलेन जस्ता कार्यक्रम अघि सार्ने निर्णय गरेको छ ।
