पाँचथर– नेपाल पत्रकार महासंघ पाँचथर शाखामा नगरविकास पत्रकारिता अक्षय कोषको स्थापना भएको छ । फिदिम नगरपालीकाले ५ लाख रुपैँयाको सहयोगमा उक्त कोषको स्थापना गरिएको हो ।

मंगलबार (२०८० बैशाख–१३) फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले र शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै कोषको शुभारम्भ गरेका हुन् । हस्तारक्षर पछि काफ्ले र बाँस्कोटाले सम्झौतापत्र साटासाट गरेका थिए ।
हरेक बर्ष नगरपालीकाको विकासका लागि योगदान पु¥याउने, सकारात्मक र नकारात्मक बिषय उठान गर्ने पत्रकारलाई पुरस्कृत गर्ने गरि कोषको स्थापना भएको हो । शाखाले उक्त कोष सञ्चालनका लागि नगरविकास पत्रकारिता पत्रकार कोष सञ्चालन निर्देशिका–२०८० जारी गरेको छ । कोष सञ्चालन, संरक्षण, पुरस्कृतको छनौट तथा पुरस्कार प्रदान गर्ने जिम्मा शाखाको रहेको छ ।

सम्झौता कार्यक्रममा बोल्दै मेयर काफ्ले पुरस्कार स्थापना गर्न पाउदा निक्कै खुसि लागेको बताएका थिए । ‘हामी राम्रा, नराम्रा कुराहरुको उजागर गरिदिनु हुन अनुरोध गर्दछौँ’ काफ्लले भने ‘पत्रकारहरुले विगतदेखिनै ठुलो भुमिका निर्भाह गर्नु भएको छ । पत्रकारको क्षमता विकासका लागि नगरपालीकाको सहयोग भईरहने छ । ’
कार्यक्रममा बोल्दँै महासंघका केन्द्रीय सदस्य भिषण राईले नगरपालीका कति राम्रो छ भन्ने कुरा पत्रकारको क्षमता विकास र प्रेस स्वतन्त्रताका लागि कति काम गरेको छ भन्नेकुराले निर्धारण गर्ने बताएका थिए । डिजिटिल प्लेटर्फममा गुणस्तर अभिवृद्धि गर्दै अघि बढ्न आग्रह गरेका थिए ।

पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लवदेव ढुङ्गानाले दिर्घकालिन महत्वको काम भएको धारणा राखेका थिए । स्थानिय तहले गरिरहेका कामको पत्रकारले नजिकबाट निहाल्नु पर्ने उनको धारणा थियो । कार्यक्रममा फिदिम नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल, शाखाका सल्लाहकार तुलसी क्षितिज, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राधा लुईटेलले स्वागत गरेकि थिईन भने सरोज शर्माले सञ्चालन गरेका थिए ।





