घाँटिको क्यान्सर भई स्वास्थ्य उपचार गराईरहुन भएका नेपाल पत्रकार महासंघ पाँचथर शाखाका प्रदेश पार्षद तथा पाँचथर एफएमका अध्यक्ष कविन्द्र शेर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । शेर्माको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने कार्य नेपाल पत्रकार महासंघ पाँचथर शाखा मार्फत सुरु भएको छ । मंगलबारदेखि महासंघको खाता रकम जम्मा गर्न आव्हान गरीरहेका छौँ ।
संस्थागत रुपमा सहयोग गर्ने गरि रकम संकलन गर्दै छौँ । लामो समय पत्रकारिताका माध्यमबाट समाज सेवामा लागेका शेर्माको जीवन बचाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोग गर्ने महानुभावहरुलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखा धन्यवाद ज्ञापन गर्दछ । यहाँहरुले नेपाल पत्रकार महासंघ पाँचथर शाखाको निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । रकम जम्मा गरेकाे भाैचर हामीलाई म्यासेजमा पठाईदिनुहाेला ।
BANK DETAILS : PRABHU BANK PHIDIM BRANCH NAME : NEPAL PATRAKAR MAHASANG ACC NO. 125015075950001
५४,युवराज चेम्जोङ कुम्मायक रु१०५०
५५, रितु राई, पूर्व उपाध्यक्ष–पत्रकार महासंघ पाँचथर रु.५१०३
