फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो बिमोचन गरिएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लगायत अतिथिहरुले भित्तेपात्रो बिमोचन गरेका हुन् । नयाँ बर्ष २०८२ को अवसर पारेर बैशाख १ गते ३४५० मिटर उचाईमा अवस्थित फालेलुङ ४ चाररातेमा पात्रो बिमोचन गरिएको हो ।
महासंघले आफ्नो संस्थागत गतिबिधिसहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको तस्बिर समेटेको हजार प्रति पात्रो प्रकाशन गरेको हो ।
