फिदिम । पाँचथरका ४० जना पत्रकारलाई एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग सम्बन्धी तालिम दिईएको छ । नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको हो ।
सञ्चार क्षेत्रमा एआइको प्रभावकारिता र प्रयोगबारे जानकारी दिने उद्देश्यले तीनदिने तालिम दिईएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा फिदिम स्थित महासंघको सभाहलमा सञ्चालित तालिममा पाँचथरसहित अन्य जिल्लाका पत्रकारले पनि भाग दिएका थिए ।
तालिमको सहजीकरण एआइ अद्येता जीवन भण्डारीले गरेका थिए । उनले पत्रकारितामा एआई प्रविधि दिनानुदिन अपरिहार्य बन्दै गएकाले यसबारे सम्पूर्ण पत्रकार सचेत र जानकार हुनुपर्ने आवश्यकता औंल्याए। यसै गरी सहभागीहरूलाई एआईबाट सामग्री निर्माण, तथ्य जाँच, अनुवाद, अनुसन्धान र तथ्यपरक पत्रकारितामा हुने उपयोगिताका विषयमा व्यवहारिक अभ्यास सहित जानकारी दिइएको थियो ।
प्रशिक्षणका क्रममा एआईको नैतिक प्रयोग, स्रोतको शुद्धता, गलत सूचनाको सम्भावित असर र त्यसबाट जोगिने उपायबारे पनि छलफल गरिएको थियो । सहभागीहरूका अनुसार तालिमले प्रविधिमा पहुँच बढाउन टेवा पुर्याउनुका साथै अझ गहिरो अभ्यास आवश्यक रहेको ठहर गरिएको छ ।
महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाकाले तालिमले पत्रकारितामा एआई प्रविधिको प्रयोग, यसको अवसर, चुनौती तथा प्रयोगका सन्दर्भमा सहभागीहरूलाई सशक्त बनाउने धारण व्यतm गरे
समापन समापन कार्यक्रमका प्रमुख अतिथी फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगरप्रमुख काफ्लेले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको प्रयोग अनिवार्य जस्तै बन्दै गएको अवस्थामा यस्तो तालिम अत्यन्त उपयोगी भएको धारणा व्यक्त गरे उनले स्थानीय तहबाट समेत प्रविधि सम्बन्धी तालिमको पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
केन्द्रीय सदस्य ढुंगानाले पत्रकारहरूलाई समयअनुसार प्रविधिसँग अद्यावधिक गराउन यस्ता तालिमहरूको निरन्तरता आवश्यक रहेको बताए ।
