फिदिम । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पाँचथरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पाँचथरमा बिहिबार धर्ना दिएका छन् ।
सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा धर्ना दिइएको हो । धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गरेजीको माग गरेका छन् ।
धर्नपछिको कोण सभालाई महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, निवर्तमा अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्व अध्यक्ष लक्ष्मी गौतम, प्रेस युनयिनका अध्यक्ष खबिन लुईटेल, प्रेस चौतारी नेपालका अध्यक्ष मदन थापा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य गणेश साम्पाङ, प्रेस सेन्टरका उपाध्यक्ष रोहित आङ्बो लगायतले सम्बोधन गरेका थिए ।धर्ना कार्यक्रम महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई पत्रकारहरुको आवाजलाई बेवास्ता गरे थप आन्दोलन गर्ने बाँस्कोटाले उद्घोष गरे ।
यस्तै पत्रकार महासंघका १४ वटै जिल्ला शाखाहरूले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर विधेयकको विरोध जनाएका थिए ।
