नेपाल पत्रकार महासंघ पाँचथरले कुम्मायक गाउँपालिका वडा नं. १, ४ र ५ को संगमस्थलमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल कुम्मायक मन्दिर परिसरमा प्रथम घुम्ती बैठक तथा गाउँपालिकाको कार्यालयस्थित सभाहलमा ‘स्थानीय तहमा सञ्चारको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी ७ बुँदे ‘यासोक घोषणापत्र’ सार्वजनिक गरेको छ ।

