बिषय : सदस्यता नवीकरण सम्बन्धी सूचना ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखामा आबद्ध पत्रकारहरुले बि.सं. २०८३ सालको सदस्यता नवीकरण गर्नुपर्ने भएकाले मिति २०८२/१२/३० गतेभित्र सदस्यता नवीकरण गर्नुहुन यो सूचना जारी गरिएको छ । तोकिएको समयमा सदस्यता नवीकरण नगरेमा महासंघको बिधान २०६० (पाँचौ संशोधन २०७५) को परिच्छेद २, दफा ६(ख) बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ ।
नवीकरण दस्तुर बुझाएपछि महासंघले तयार गरेको नवीकरण फारम भर्ने व्यवस्था गरिएको हुँदा नवीकरण सम्बन्धी थप जानकारीका लागि शाखाका सचिव रबिन्द्र काफ्ले र कार्यालय सचिव तागेरा तावाहाङलाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
नवीकरणका लागि आवश्यक दस्तुर र कागजातहरु :
— नवीकरण दस्तुर : १,१००। (एक हजार एक सय रुपैँया)
— रितपूर्वक भरिएको नवीकरणको आवेदन फारम
— गएको बर्ष महासंघबाट प्राप्त गरेको परिचयपत्रको प्रतिलिपि
— कार्यरत संस्थाको परिचयपत्र र नियुक्ति पत्रको प्रतिलिपि
— गएको बर्ष प्रकाशित/प्रसारित तीन वटा वाइलाइन समाचारको लिंक
. ……………………………
भीमकुमार बाँस्कोटा
अध्यक्ष
