च.न.२०–२०८२/०८३ मिति : २०८२/१२/१४
बिषय : समाचार वाचन प्रतियोगिता बारे सूचना ।
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ २०८२ चैत १६ गते स्थापनाको ७१ औँ बर्षमा प्रवेश गर्दैछ । उक्त अवसर पारेर चैत १६ गते पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार र पत्रकारिता क्षेत्रमा चासो राख्ने व्यक्तिहरुको क्षमता अभिबृद्धि र प्रोत्साहन गर्ने उद्धेस्यले समाचार वाचन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराइन्छ ।
प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले तपसिलमा उल्लेखित मापदण्डभित्र रहेर नाम दर्ता गराउनुहुन अनुरोध छ ।
तपसिल :
१)इच्छुक व्यक्ति पाँचथर स्थायी ठेगाना भएको हुनुपर्नेछ ।
२) मिति २०८२/१२/१५ गते साँझ ५ः०० बजेभित्र पत्रकार महासंघ पाँचथरको इमेल [email protected] वा सचिवालयमा सम्पर्क गरी नाम दर्ता गर्नुपर्नेछ ।
३) प्रतियोगिताका लागि छनौट भएका व्यक्तिले आयोजकले उपलब्ध गराएको समाचार वाचन गर्नुपर्नेछ ।
४) प्रतियोगितामा कुनै बिवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ ।
५) छनौटमा परेका सहभागीहरुलाई चैत १५ गते साँझ ६ः०० बजे जारी हुने सूचना मार्फत कार्यक्रम स्थल र समयका बारेमा जानकारी गराईनेछ ।
पुरस्कारहरु :
प्रथम पुरस्कार : नगद रु. ७,०००। (सात हजार)
दोस्रो पुरस्कार : नगद रु. ५,०००। (पाँच हजार)
तेस्रो पुरस्कार : नगद रु. ३,०००। (तीन हजार)
सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
सम्पर्क : सरोज शर्मा : ९८५२६८४०१५
रबिन्द्र काफ्ले : ९८४२७७९०४१
